+
+
Shares

पेट्रोल पम्पबाट ४ लाख चोरेर भागेका कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १५:५१

११ कात्तिक, गोरखा । गोरखा नगरपालिका-८ मा रहेको कलश आयल स्टोर्स (पेट्रोल पम्प) बाट नगद चोरेर भाग्ने सोही स्टोर्सका कर्मचारी पक्राउ परेका छन् ।

नगद ४ लाख ९ हजार चोरेर भागेका मकवानपुरका १८ वर्षीय राज खड्कालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

रातको समयमा तेल हाल्न आएको सवारीबाट लिएको रकम चोरेर उनी शनिवार राति नै भागेका थिए । चेकजाँचको क्रममा उनलाइ मझुवा प्रहरी चौकीबाट आइतवार विहान करिब ५ बजे पक्राउ गरिएको प्रहरी निरीक्षक झविन्ऽ भट्टराइले बताए ।

खड्का सोही स्टोर्सको तेल बोक्ने ट्याङकरमा खलासी काम गर्दै आएका थिए । पक्राउ परेका खड्कालाई चोरी मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?