Comments Add Comment

यल कप ब्याडमिन्टनमा जुवान र रविन्द्रको विजयी सुरुवात

११ कात्तिक, काठमाडौं । जुवान तण्डुकार र रवीन्द्र बज्राचार्यले १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

तण्डुकार र रवीन्द्रको जोडीले प्रतियोगिताको पहिलो दिन दोहोरो जित निकालेका हुन् । पहिलो खेलमा सकेश बज्राचार्य र सुनिल ब्यञ्जनकारको जोडीमाथि २१-१५, २१-११ ले र दोश्रो खेलमा ओकुबहालका ज्ञान सागर शाक्य र रोमन शाक्यको जोडीलाई २१-१७, १०-२१ र २१-१७ ले पराजित गर्दै तेश्रो चरण प्रवेश गरे ।

पाटन शंखमुलस्थित इलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा प्रयाग पोखरीका सुमन खड्गी र मनोज मानन्धरको जोडीले पनि दोहोरो जित निकाले । खड्गी र मानन्धरको जोडीले पहिलो खेलमा चिंकबहिलका राजेश शाक्य र मदन महर्जनको जोडीलाई २१-१९, २१-९ र दोश्रो खेलमा भिन्छेबहालका सुजन बज्राचार्य र निरोज बज्राचार्यलाई २१-९, २१-१५ ले पाखा लगाउँदै तेश्रो चरणमा स्थान बनाए ।

खुला कोर्टमा साँझको समयमा मात्र खेलाइने प्रतियोगितामा चाकुपाटका सुमन शाक्य र सुजन शाक्यलाई २१-११ र २१-१३ ले तथा अरविन्द्र तण्डुकार र रोशन तण्डुकारको जोडीले नकबहिलका सगुन नरसिंह शाक्य र निरञ्जन नरसिंह शाक्यमाथि २१-१९ र २२-२० को जित निकाले ।

यस्तै प्रयाग पोखरीका बिक्रम महर्जन र मिलन महर्जनको जाडी ल्होलानका आर्यन महर्जन र विनोद महर्जनको जोडी माथी हाबी भयो । बिक्रम र मिलनको जोडीले १८-२१, २१-१७ र २१-१३ को जित निकाले । दथुलंका प्रदीप शाक्य र जगिदाश्वर महर्जन तथा मदन शाक्य र नविन महर्जनको जोडीले पनि जित हात पार्न सफल भए ।

प्रदीप र जगिदाश्वरको जोडीले ओकुबहालका दिशान शाक्य र संयक शाक्य माथि १८-२१, २५-२३ र २१-१८ तथा मदन र नविनको जोडीले भिञ्चेबहालका मौलिक बज्राचार्य र निश्चल बज्राचार्य माथि २३-२५, २१-१९ र २२-२० को कठिन जित निकाल्दै दोश्रो चरण प्रवेश गरे ।

प्रतियोगितामा पुरुष युगल, भेट्रानस युगल, मिक्स युगल र यु – १५ छात्र तर्फ प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा पुरुष युगलमा ५३ जोडी, भेट्रान्स जोडीमा ११, मिक्स जोडी तर्फ १६ र यु – १५ मा २८ जोडीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पुरुष युगल तर्फका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद ३०, २० र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै भेट्रान्स तर्फ १५, १० र ५ तथा मिक्स युगल र यु – १५ तर्फ १०, ७ र ४ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment