Comments Add Comment

स्मिथ र वार्नरको प्रतिबन्ध हटाउन माग

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर्स एशोसिएशनले स्टिभ स्मिथ, डेडिभ वार्नर र क्यामरुन बेनक्राफ्टमाथि लागेको प्रतिबन्ध हटाउन क्रिकेट अष्ट्रेलियालाई आग्रह गरेको छ ।

मार्चमा बल टेम्परिङ गरेको भेटिएपछि क्रिकेट अष्ट्रेलियाले उनीहरुमाथि प्रतिबन्ध लगाएको थियो । तर, स्वतन्त्र पुनरावलोकन समितिले क्रिकेट बोर्डले अहंकार र नियन्त्रण देखाएको बताएको छ । ‘उनीहरु पर्याप्त प्रताडित भएका छन् । उनीहरुलाई खेल्न दिऊँ’ खेलाडी संघका प्रमुख ग्रेग डायरले भने ।

दक्षिण अफि्रकामा बल टेम्परिङ विवादमा मुछिँदा स्मिथ कप्तान र वार्नर उपकप्तान थिए । दुबैमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो, जसमध्ये सात महिना गुजारिसकेका छन् ।

तीनै खेलाडीको प्रतिबन्ध हटाएर जरिवाना गर्नु उपयुक्त हुने प्लेयर्स एशोसिएशनले बताएको छ ।

‘खेलाडीहरुले खेल्ने समय गुमाए । अष्ट्रेलियाका लागि खेल्ने समय गुमाए । सार्वजनिक अपमानको सामना गरे र भारी आर्थिक जरिवाना पनि तिरे’ डायरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment