+
+
Shares

मिचाहा १३८ टिपर प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते ९:३४

१५ कात्तिक, बुटवल ।   ढुंगा गिटी, क्लिंकर  ओसार–पसारमा प्रयोग हुँदै आइरहेका १ सय ३८ टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक अनुमतिपत्रविनै सञ्चालन गरेको र एउटाको चलानी बनाएर अर्कै वस्तुको ढुवानी गरेको भेटिएपछि वडा प्रहरी कार्यालय, बुटवलले ती टिपर नियन्त्रणमा लिएको हो ।

प्रहरीको जाँचबुझका क्रममा रोयल्टी नकाट्ने, खानी उत्खनन् प्रमाणपत्रविनै ढुवानी गर्ने, निर्धारित मापदण्डभन्दा झण्डै ५० प्रतिशत बढी ओभरलोड बोक्ने गरेकोसमेत भेटिएको छ ।

बुटवलमा एकैपटक यति धेरै टिपर कारबाहीमा परेको पहिलोपटक हो ।

वडा प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी निरीक्षक हेम केसीले प्रचलित नीति–नियम र ट्राफिक नियम उल्लंघन गरेर सञ्चालित टिपर नियन्त्रणमा लिइएको जानकारी दिए ।

समातिएका टिपरलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला समन्वय समिति, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयमा पठाइने वडा प्रहरी कार्यालय, बुटवलका प्रमुख केसीले अनलाइनखबरलाई जानकारी दिए ।

टिपरको चेकजाँचमा कडाई नहुँदा राज्यका नीति नियमको उल्लंघन भएको, रोयल्टी गुमेको र अवैध उत्खनन् भएकाले अनुगमनलाई तीव्र पारिएको प्रहरी भनाइ छ ।

टिपरलाई निर्वाध सञ्चालन गर्न व्यावसायीले ट्राफिक प्रहरीसँग सेटिङ मिलाएर मासिक घुस दिने गरेको गुनासोबीच वडा प्रहरीले चालेको कदमलाई सर्वसाधारणले प्रशंसा गरेका छन् ।

सरोकारवालाहरुले नियमनकारी निकायले चेकजाँच नगर्दाको फाइदा उठाएर टिपर व्यवसायीहरुले मनपरी गरेको भन्दै कडाभन्दा कडा कारबाहीको मागसमेत गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?