Comments Add Comment

सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश

१५ कात्तिक, रौतहट । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् ।

राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।

राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो ।

सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ ।

जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।

फैसला पश्चात गठबन्धनका संयोजक राउतले सामान्य तारेख लिन अदालतमा आउँदा परिसरबाटै पक्राउ गरेर अनावश्यक मुद्दा चलाएकोमा दुःख व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment