Comments Add Comment

आत्मघाती गोल नै हारको मुख्य कारणः प्रशिक्षक सनोज

१५ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिनुको मुख्य कारण आत्मघाति गोल भएको प्रशिक्षक सनोज श्रेष्ठले बताएका छन् ।

पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक सनोज श्रेष्ठले पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि दोस्रो हाफमा आत्मघाति गोल खाएपछि नेपाल दबावमा आएको बताए ।

उनले भने, ‘हामीले पहिलो हाफमा राम्रो खेल्यौ तर दोस्रो हाफमा आत्मघाति गोलपछि दबाबमा आयौं । अर्को जान लिम्बु रेड कार्ड खादै मैदानबाट बाहिरिएपछि हामी थप दबाबमा पर्‍यौं ।’

यता, पाकिस्तानका प्रशिक्षक जे रोबर्टो पोर्टेल्लाक्फले नेपाललाई पराजित गर्दै फाइनल प्रवेश गरेकोमा खुशी ब्यक्त गरे । उनले भने, ‘पहिलो हाफमा हामीलाई धैरै कठिन भयो । तर दोस्रो हाफमा हामीले ४ गोल गर्न सफल भयौं । यो आत्मघाति गोलपछिको टर्निङ प्वाइन्ट हो ।’

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४-० गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

तर, दोस्रो हाफमा नेपालले ४ गोल खान पुग्यो । नेपालका रोशन थापाले आत्मघाती गोल गरेपछि पाकिस्तानले अग्रता लिएको थियो । पाकिस्तानका लागि मोहिब उल्लाहले २ र मोइन अहमदले १ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment