Comments Add Comment

तिहारमा क्यान्डिल लाइटदेखि रंगोलीसम्म कसरी सजाउँदा क्रिएटिभ देखिन्छ ?

तिहारको साइनो सेलरोटीसँग मात्र छैन । न देउसी-भैलोसँग मात्र । यो सायपत्री र मखमलीको पनि पर्व हो । झिलिमिली दियो-बत्तिको पनि पर्व हो ।

यही मेसोमा फूल र झिलिमिली बत्तीले घर सजाइन्छ । धार्मिक मान्यता के छ भने, यसरी घर सफसुग्गघर गरेर सजाउँदा लक्ष्मीले बास गर्छन् ।

घर त हामी सजाउँछौं नै । तर, जमना फेरिएको छ । घर सजाउने तौर तरिकामा पनि विविधता आएको छ । घर कसरी सजाउने भन्ने कुरा तपाईं/हाम्रो सिर्जनशिलताको कुरा पनि हो । आफ्नो खुबी, सिर्जनसिलता, क्षमता अनुसार घरलाई फरक लुक्समा सजाउन सकिन्छ । तर, कसरी ? यहाँ केही आइडिया शेयर गरिएको छ ।

कलरफुल फ्लोटिङ क्यान्डल

– चाडवाडमा फ्लोटिङ क्यान्डलले घरलाई सुन्दर मात्र देखाउँदैन माहौल नै खुशीयाली बनाउँछ ।

– सेन्टर वा साइड टेबललाई फ्लोटिङ क्याण्डलले सजाउन सकिन्छ । क्रियटिभ लुक्स दिन चाहानुहुन्छ भने क्यान्डललाई वाइन ग्लासमा राखेर सेन्टर वा साइड टेवलमा राख्न सक्नुहुन्छ ।

– काँचको कचौरामा पानी भरेर फ्लोटिङ क्यान्डल बालेर राख्दा पनि निकै सजावत निकै सुन्दर देखिन्छ । पानीमा रङ पनि मिसाउन सकिन्छ । त्यस्तै, माटो या मेटलको कचौरामा पानी भरि स-साना फ्लोटिङ क्यान्डल राख्न पनि सकिन्छ ।

– क्यान्डलसँगै पानीले भरिएको कचौरामा गुलाव वा पात राख्न पनि सकिन्छ । यसो गर्दा सजावट अझ बढी आकर्षक लाग्छ ।

प्रकाशको संयोजन

– घरलाई परम्परागत लुक्स दिनको लागि पुरै घरमा माटोको दियो जलाउन सकिन्छ । क्रियटिभ लुक्स दिनको लागि माटोको प्लेन दियोमा कलरफुल डेकोरेट पनि गर्न सकिन्छ ।

– पछिल्लो समय पेपर लालटिनको प्रचलन निकै बढेर गएको छ । तपाई पनि पेपर लालटिनले घर सजाउन सक्नुहुन्छ । जुन निकै आकर्षक देखिन्छ । यसले पुरै घरलाई प्रकाशमय बनाउँछ ।

– वजारमा राम्रा फरक-फरक आकार र स्टाइलका पेपर लालटिन उपलब्ध छन् । त्यसमध्ये आफुलाई मन परेको लालटिन छनौट गर्न सकिन्छ ।

– घरलाई फेस्टिभल लुक्स दिनको लागि ग्लास जार लालटिन पनि निकै राम्रो विकल्प हुन सक्छ ।

– प्रकाश संयोजनको लागि मोरेक्कन स्टाइल भएको ग्लास जार लालटिन पनि प्रयोग गर्न सकिन्छ ।

– पुजा कोठा सजावटको लागि फेयरी लाइट प्रयोग गर्न सकिन्छ । पछिल्लो समय स्पट लाइटिङ पनि पनि चर्चीत छ । यस्तो लाइटिङ घरको एउटा कुनामा राख्न सकिन्छ । यसलाई टुकी जसरी हाइलाइट गर्न सकिन्छ । थुप्रै प्रकारका इलेक्ट्रोनिक लााइट बजारमा सजिलै पाउन सकिन्छ । त्यसैले एउटै घरमा फरक फरक स्टाइलका लाइटले पनि सजावट गर्न सकिन्छ ।

– बालकोनी र झ्याललाई फरक लुक्स दिन चाहानुहुन्छ भने त्यहाँ पेपर लालटिनको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

– बालकोनी या घरको मुख्यद्वारमा क्यन्डिल या तोरण लगाउन सकिन्छ । र झ्यालमा लाइटिङ गर्नको लागि बल्व भएको लहरा लगाउन सकिन्छ ।

भित्ताको सजावट

– फेस्टिभल सिजनमा थ्रीडि भएको सजावट सामाग्री मानिसको पहिलो रोजाईमा पर्छ । थ्रीडी भित्ता सजावट सामाग्रीको छनौट गर्दा आफ्नो रुचीअनुसार नै गर्न सकिन्छ ।

– फरक लुक्स दिनको लागि काठको फ्रेममा थ्रीडि र लाइभ पेन्टिङबाट घरको सजावट गर्न सकिन्छ । खाली ढोका भर्नको लागि राम्रो रङ लगाउन सकिन्छ । ढोकामा डेकोेट सिसा पनि लगाउन सक्नुहुन्छ ।

– घरको खाली ठाउँमा कुनालाई नयाँ लुक्स दिनका लागि फ्लावर वास राख्न सकिन्छ ।

– भित्तामा पेन्ट गरिरहनु भएको छ भने एउटा भित्तामा चम्कीलो र बाँकी तीन भित्तामा लाइट शेड पेन्ट गर्दा राम्रो हुन्छ । यदि चाडको बेला पेन्ट गर्ने समय छैन भने वाल पेपर पनि लगाउन सकिन्छ ।

पर्दाको मेकओभर

– शीयर फेव्रिकको  पर्दाको सजावटले आकर्षक फेस्टिभ लुक्स दिने गर्छ ।

– घरलाई फेस्टिव लुक्स दिनका लागि पर्दालाई होम डेकोरमा समावेश गर्न जरुरी हुन्छ । यदि पैसामा बढी लगानी गर्न चाहानुहुन्न भने थोरै मात्र डेकोरेटिव गरेर फेस्टीभ टच दिन सकिन्छ । यसको लागि पर्दाामा ऐना वा सीकेन्स टास्न सकिन्छ ।

– पुरानो साडीको हेवी बोर्डर लाएर पनि पर्दालाई सजिलै हेवी लुक्स दिन सकिन्छ । ब्रोकेड या जरदोन्जी बोडर लगाएर पर्दालाई फेस्टिभ लुक्स दिन सकिन्छ ।

– बजारमा आजभोली धेरै प्रकारका बोर्डस पाइने गर्छ । तपाई त्यसको फाईदा उठाउन सक्नुहुन्छ ।

कुशनको छनौट

– सजावटलाई फेस्टिव टच दिन रंगीन कुशनको प्रयोग गर्न सक्नुहुन्छ ।

– थ्रीन, रेड, पर्पल, पिंक जस्ता रङको सिल्क कुशन कभरले सजावटलाई आकर्षक बनाउँछ ।

– सेतो, लाइट रङजस्ताको शोफामा चम्कीलो रङको कुशन संयोजन गर्नुस् । यदि फेस्टिव सिजनमा रोयल टच दिन चाहानुहुन्छ भने गोल्डेन कलरको कभर पनि छनौट गर्न सक्नुहुन्छ ।

– त्यस्तै, ओरेन्ज, मरुन, ब्लू, ग्रीन रङको कुशन कभर पनि राम्रो हुन्छ ।

टेवल सजावट

– सेन्टर र साइड टेवल सजावटको सजिलो तरिका हो रंगीला, क्यान्डल, फुल, दियो आदी राख्नु ।

– फेस्टिव लुक्स दिनको लागि सेन्टर या साइड टेवलमा ताजा फुलको गमला र फ्लोटिङ क्यान्डल पनि राख्न सकिन्छ ।

– आजभोली बजारमा ग्लिटरवाला फुल, र बोडर पाइन्छ । यसलाई पनि सेन्टर या साइड टेवलमा राखेर घरलाई फेस्टिभ मुड दिन सकिन्छ ।

रंगोली आइडिया

– रंगोली बनाउनका लागि पारम्पारिक रङ र फुलको प्रयोग गर्न सकिन्छ ।

– यदि राम्रोसँग रङबाट रंगोली बनाउन आउदैन या बनाउने समय छैन भने बजारमा पनि रंगोलीको कटआउट पाइन्छ । जसबाट तपाई आकर्षक रंगोली तयार पार्न सक्नुहुन्छ । यस्तो कटआउटलाई क्यान्डल र फलले सजावट गर्न सकिन्छ ।

– घरलाई परम्परागत लुक्स दिनको लागि रङबाट बनाइएको डिजाइनलाई दियोले सजाउन सकिन्छ ।

– फेस्टिभ सिजनमा घरको स्पेशशल लुक्स दिन घरको मुख्य द्वामा रंगोली बनाउँदा राम्रो हुन्छ । यदि लिविङ रुमा ठूलो छ भने पनि बीच भागमा रंगोली बनाउँदा हुन्छ । यसले फेस्टिव लुक्स दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment