Comments Add Comment

तीन तहकै सरकार एक्लै अघि बढ्न सक्दैन : संविधानविद दाहाल

१७ कात्तिक रामेछाप । प्रशासनिक अदालतका अध्यक्ष तथा संविधानविद काशीराज दाहालले केन्द्र, प्रदेश र स्थानीय सरकार कुनै पनि एक्लै अघि बढ्न सम्भव नहुने बताएका छन् । संविधानले नै एक आपसमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने उनको धारणा छ ।

रामेछापको सदरमुकाम मन्थलीमा शनिबार आयोजित कार्यशालामा दाहालले यो व्यवस्थाको तत्काल अर्काे विकल्प नभएकाले सबैले यसलाई बलियो बनाएर लैजानतिर लाग्नुपर्ने बताए ।

प्रदेश सांसद शान्तिप्रसाद पौडेलले प्रदेशसभा प्रदेश कानुनहरु बनाउने चरणमा नै रहेकोले प्रदेशका सबै कानुन बनेपछि स्थानीय प्रदेश र स्थानीय तहलाई काम गर्न सजिलो हुने बताए ।

उनले कतिपय विषयमा संरचनालाई नै परिवर्तन गरेर अघि बढ्नुपर्ने पनि बताए । अधिवक्ता रोशन पोख्रेलले प्रविधिले प्रजातन्त्रलाई चुनौती दिँदै गएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment