Comments Add Comment

तीन महिनामा प्रभु बैंकको खुद नाफा करिब ६० करोड

१८ कात्तिक, काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैयमासको प्रगति विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले २४ करोड ९६ हजार रुपैयाँले बढी खुद नाफा कमाएको हो । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैयमासमा बैंकले ३४ करोड ८७ लाख रुपैयाँ मात्रै कमाएको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

३ महिनाको अवधिसम्म यस बैंकको जगेडा कोषमा ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २९.०७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९.०१ रुपैयाँ रहेको छ ।

निक्षेपमा पनि बैंकले राम्रो सुधार गरेको हो । समीक्षा अवधिमा बैंकको निक्षेप ८२ अर्ब ८५ करोड रुपैयाँ मात्रै रहेको थियो ।  बैंकको कर्जा लगानी पनि पनि खर्ब नजिक पुग्न लागेको छ । अघिल्लो वर्षको पहिलो त्रैयमासमा ६६ अर्ब ६४ करोड रुपैयाँमात्रै रहेको बैंकको लगानी ८६ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सीसीडी रेसियो पनि अन्य बैंकहरुको भन्दा राम्रो देखिएको छ । आधा दर्जन बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशत पुगिसकेको राष्ट्र बैंकले बताइरहदा प्रभुको भने ७५.६८ प्रतिशत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment