Comments Add Comment

मोदी नेपाल नआउनु ठूलो समाचार होइनः प्रचण्ड

१९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् ।

मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मोदी भ्रमणमा नआउनु ठूलो खबर नभएको बताए । उनले भने, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’

यद्यपि उनले मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको बताए ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताए । ‘हिलोमैलो सिजनमा एक नम्बर गियरमा चलेको छ । अब गियर फेरेर पनि सरकार अगाडि जान्छ,’ उनले भनेका छन् ।

नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment