Comments Add Comment

एरोबिक्स एक्सरसाइज कसरी गर्ने ? थाहा पाइराखौं यसका फाइदा

अस्वस्थ खानपान र जीवनशैलीको कारण धेरै मानिसहरु तौल बढ्ने र अन्य स्वास्थ्य समस्याहरुबाट ग्रसित छन् ।

मोटोपनाको कारण भद्दा भएको आफ्नो शरीर चुस्त र तन्दुरुस्त राख्ने चक्करमा धेरै मानिसले विभिन्न तरिका अपनाउँछन् तर, उनीहरुले चाहेको जस्तो परिणाम पाँउदैनन् ।

चिकित्सकहरुले पनि शरीरलाई तन्दुरुस्त राख्न बिहानै छिटो उठेर दैनिक कम्तीमा आधा घन्टा व्यायाम गर्ने सल्लाह दिने गर्छन् । व्यायाम गर्दा हामीले विभिन्न प्रकारको तरिकाहरु अपनाउन सक्छौं ।

यस्तै व्यायामको एक प्रकार हो एरोबिक्स, जसलाई हामी सजिलै आफ्नो घरमा वा घरको वरिपरि आफ्नै तरिकाले गर्न सक्छौं ।

एरोबिक्स अन्य खालका व्यायाम भन्दा सरल छ र एरोबिक्स गर्नको लागि हामीलाई धेरै मेहनत पनि गर्नुपर्दैन ।

तर, बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने दुई चार दिनमात्रै एरोबिक्स गर्नाले हामीले यसको फाइदा लिन सक्दैनौं । यसको लागि हामीले दैनिक नियमित रुपले एरोबिक्स गर्नुपर्छ ।

एरोबिक्स एक्सरसाइज के हो ?

१. हिँड्नेः हिँड्नु पनि एरोबिक्स एक्सरसाइज अन्तर्गत नै पर्छ । यो व्यायामको धेरै नै सजिलो र प्राकृतिक तरीका हो जुन बच्चादेखि बुढासम्म सबैले गर्न सक्छन् । यसमा न त कुनै समयको पाबन्दी हुन्छ न त कुनै उपकरणको आवश्यकता पर्छ ।

नियमित हिँड्ने बानीले हाम्रो शरीरलाई अक्सिजन मात्रै प्रदान गर्दैन । यसबाट हामीले थोरै समयको लागि भए पनि आफ्नो सारा दुःख भुल्छौं र यसको सकरात्मक प्रभाव सीधा हाम्रो स्वास्थ्यमा पर्छ ।

२. सिँढीहरुको व्यायामः हिँड्ने बाहेक सिँढी चढ्ने र ओर्लने गर्नाले पनि हाम्रो शरीरलाई धेरै फाइदा मिल्छ । धेरै एथलिटहरु आफ्नो शरीरलाई मजबुत बनाउन र कुनै पनि दौडको लागि आफ्नो शरीर तयार गर्नको लागि यो व्यायामलाई अपनाउँछन् ।

आजभोली धेरै जिममा पनि यस्ता खालको व्यायाम गर्नको लागि उपकरणहरु पाइन्छ । तर, आफ्नो दैनिक जीवनमा पनि यसको प्रयोग सक्नुहुन्छ । जस्तै लिफ्टको प्रयोग नगरिकन सिँढीबाट तल माथि आउन सकिन्छ । यसले हाम्रो शरीरलाई चुस्त बनाउँछ र तागत पनि दिन्छ ।

३. साइकल चलाउनेः यदि साइकल चलाउनु एक बच्चाको खेल हो भनेर सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । विभिन्न प्रकारका खेलाडीले यस खेललाई आफ्नो शरीरको लागि एक व्यायामको रुप दिन्छन् ।
यो एक यस्तो व्यायाम हो जसले हामीलाई रमाइलोसँग शरीरलाई तन्दुरुस्त बनाउँछ र त्यो पनि हाम्रो जोर्नीहरुलाई दुख नदिइकन ।

हरेक दिनमा आधा घन्टासाइकल चलाउने बानीले हाम्रो खुट्टाको मांसपेसी मजबुत हुन्छ र शरीरलाई एक किसिमको लचिलोपना पनि मिल्छ । आजभोली यस्तो व्यायामको लागि जिममा पनि उपकरण राखिएको हुन्छ त्यसैले तपाईं जिमखाना गएर पनि यस व्यायामलाई अपनाउन सक्नुहुन्छ ।

४. हातको लागि व्यायामः हातको व्यायामले हाम्रो छातीको मांसपेसीलाई फाइदा हुन्छ । यस्तो व्यायाम गर्नको लागि हामीलाई कुनै पनि किसिमको उपकरणको आवश्यकता हँदैन ।

हातको व्यायाम कसरी गर्ने ?
-सबैभन्दा पहिले तपाईंले एक सैनिकले जस्तै गरि आफ्नो हातलाई दाँया बाँया माथि उठाएर हिँड्नुपर्छ र विस्तारै हिँडाईको गति बढाउनुपर्छ ।
-यो व्यायाम गर्दा घुँडा अलि माथि उठ्नुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुहोस जसकारणले तपाईंको जाँघ र खुट्टालाई पनि व्यायाम मिलोस् ।
-खुट्टा उठाएपछि एक एक गरेर आफ्नो हातलाई अगाडि पछाडि एक चक्कर घुमाउनुहोस् ।


५. पानीमा गरिने व्यायामः पानीमा गरिने व्यायामले पनि हाम्रो शरीरलाई रमाइलोसँग तन्दुरुस्त बनाइदिन्छ । पानीको व्यायामको एक प्रकार पौडिनु पनि हो ।

पौडिनाले हाम्रो शरीरलाई पूर्णरुपमा तन्दुरुस्ती मिल्छ । यस बाहेक पानीमा तिव्र रुपमा हिँडेमा पनि हाम्रो खुट्टा मजबुत हुन्छ ।

जुन मानिसको खुट्टामा रगत अभावको भएको महसुस हुन्छ ती मानिसहरुले यो व्यायाम गरेर लाभ लिन सक्छन् ।

६. नाच्नेः नाच्नुलाई हामी खुसी भएको अवस्थामा गर्ने रमाइलोको रुपमा लिने गर्छौं तर यसले हाम्रो शरीरलाई व्यायामको रुपमा पनि काम गर्छ ।  दैनिक केही समय नाच्ने बानीले हाम्रो शरीरलाई एक फरक चुस्तपना मिल्छ र यसबाट हाम्रो समस्याहरु टाढा हुन्छन् । यसले हामीलाई खुसी पनि प्रदान गर्छ ।

साथै नाच्दै कुद्ने, घुम्ने, झुक्ने आदी गर्नाले हाम्रो शरीरलाई यसरी नै पूर्ण रुपमा धेरै राम्रो व्यायाम मिल्छ जसले हामीलाई स्वस्थ रहन मद्धत गर्छ ।

यी हुन् एरोबिक्स गर्ने तरिका

लामो समय गरिने कार्डियो र मध्यान्तर अभ्यास गरि एरोबिक्स गर्ने दुई तरिका हुन्छन् ।

१. लामो समय गरिने कार्डियो

यसमा हामी ती व्यायाम गर्छौं जसलाई हामी लामो समयको लागि एकै रफ्तारमा गर्छौं । जस्तो कि एक घन्टाको लागि एकै रफ्तारमा हिँड्ने ।

यस्तो गर्नाले हाम्रो शरीरबाट क्यालोरी घट्छ । हामी जति धेरै समयसम्म हामी हिँड्छौं त्यति धेरै क्यालोरी घट्छ जसको कारण हाम्रो तौल पनि घट्छ ।

यसकाे फाइदा
-लामो समयसम्म गरिने कार्डियोको असर र फाइदा हाम्रो शरीरमा थोरै समयमै वा तुरुन्त मिल्छ ।
-यसले हाम्रो क्यालोरी घटाउँछ
-यसबाट हाम्रो शरीरलाई कुनै पनि प्रकारको दुष्प्रभाव महसुस हुँदैन ।
-हाम्रो शरीरको मेटाबोलिक प्रक्रियामा परिवर्तन नजर आँउदैन ।

२. मध्यान्तर अभ्यास

यस खालको एरोबिक्स अभ्यासमा हामी आफ्नो व्यायाम गर्ने तरिकामा त्यसको तागत र शक्ति लाग्नेको आधारमा एक पछि अर्को गर्छौं ।

यो तौल घटाउने धेरै राम्रो तरीका हो । सुरुवाती मा एरोबिक्स गर्न चाहने मानिसहरुले भन्दा पनि व्यायामको पहिले नै राम्रो अभ्यास भएका मानिसले यो विधि अपनाउँदा राम्रो हुन्छ ।

यसको फाइदाः
-यसले हाम्रो शरीरको क्यालोरीलाई कम गर्छ साथसाथै हाम्रो शरीरलाई धेरै सहनशील पनि बनाउँछ ।
-यसको फाइदा हामीले थोरै समयमा देख्न सक्छौं ।
-यो तौल कम गर्ने पनि एक राम्रो तरिका हो ।

आजभोली एरोबिक्स व्यायाम अपनाउने मानिसहरुको संख्या बढ्दै गइरहेको छ । यो व्यायाम हाम्रो शरीरलाई तन्दुरुस्त बनाउने एक धेरै नै सजिलो र रमाइलो तरिका हो ।

हरेक उमेरका मानिसले व्यायामका तरिकाको आधारमा एरोबिक्स अभ्यास गर्न सक्छन् । एरोबिक्स अभ्यासले हाम्रो क्यालोरी त कम हुन्छ साथै हाम्रो मुटु पनि मजबुत र स्वस्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment