+
+
Shares

माघे संक्रान्ती भिडन्तः ‘ब्रेकअप र चौका दाउ’सँगै निखिलको ‘भिलेन’

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १६:३७

पौष २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘भिलेन’को फस्टलुक रिलिज गरिएको छ । नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको यो चलचित्रको फस्टलुकमा उनलाई मात्र देखाइएको छ ।

चलचित्रमा शिल्पा पोखरेल, निशा अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रमा निखिल शिर्ष भूमिकामा देखिएका छन् । वितरक सुनिल मानन्धरले यो डेट फाइनल गरेका हुन् ।

देवेन्द्रराज पाण्डेको निर्देशनमा यो चलचित्र तयार भएको हो । यो डेटमा यसअघि नै २ वटा चलचित्रले प्रदर्शन मिति तोकिसकेका छन् । कमेडी कथामा बनेको चलचित्र ‘चौका दाउ’ र लभस्टोरी कथामा बनेको चलचित्र ‘ब्रेकअप’ यो मितिमा आउने फाइनल भैसकेको छ ।

अब, माघ १ गते पर्ने माघे संक्रान्तीको बिदा खानका लागि निखिलको ‘भिलेन’ पनि आइपुगेको छ । योसँगै यो मितिमा ३ वटा चलचित्र चल्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?