Comments Add Comment

भन्सार छलेको गाडीसहित दुईजना पक्राउ

१९ कात्तिक, बुटवल । भन्सार छलेर ल्याउंदै गरेको सात लाख रुपैयाँको समानसहित दुईजनालाई सशस्त्र प्रहरीले रुपन्देहीमा पक्राउ गरेको छ ।

सशस्त्र बल रुपन्देही (३८ नं. गुल्म) को टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका ७ धकधईबाट करिब २ लाख बजार मूल्यको ८ बोरा रुमाल र ५ लाख मूल्यको गाडी पक्राउ गरेको हो ।

पश्चिम नवलपरासी महेशपुरबाट भैरहवातर्फ आउदै गरेको लु १ ज ३३६४ को बलेरो पिकअप गाडी चेकजाँच गर्दा प्रज्ञापन पत्र नभएको शंकास्पद अवस्थामा पाइएको हुँदा सामानसहित उक्त गाडी र पश्चिम नवलपरासी रामग्राम नगरपालिका १७ देवगाँउका अमलेश गुप्ता र सोही ठाउंका मुकेश बानियाँलाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीले बताए ।

यस्तै सशस्त्र प्रहरीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका २ करौतामा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउंदै गरेको ५८ हजार मूल्य बराबरको इलेक्ट्रोनिक सामान र उक्त सामान ढुवानीमा प्रयोग गरिएको लु १ प ४८ नं. को मोटरसाइकल पक्राउ गरेको छ ।

दुबै सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको खातीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment