+
+
Shares

इंग्ल्यान्डविरुद्ध श्रीलंका २०३ रनमै अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २१ गते १७:४३

२१ कात्तिक, काठमाडौं । इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट क्रिकेटको आफ्नो पहिलो इनिङ्समा श्रीलंका २०३ रनमै अलआउट भएको छ ।

दोस्रो दिन नै आफ्नो पहिलो इनिङ्स थालेको श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकाका लागि एन्जेलो मथेवसले ५२ रन बनाए पनि अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । श्रीलंकाका लागि कप्तान दिनेश चन्डिमलले ३३ र निरोशान डिक्वेल्लाले २८ रन बनाए ।

बलिङतर्फ मोइन अलीले ४ विकेट लिए ।

यसअघि गल्ली इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले सबै विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । इंग्ल्यान्डका लागि बेन फोएक्सले १०७ रन बनाउँदै इनिङ्स उकासेका थिए । बलिङतर्फ दिलरुवान परेराले ५ विकेट लिए ।

इंग्ल्यान्डले दोस्रो इनिङ्सको ब्याटिङ थालिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?