+
+
Shares

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १५:१५

२४ कात्तिक, काठमाडौं । बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरिएको छ ।

सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई सम्मान गरिएको हो । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ दिएको हो ।

शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?