+
+

‘जात्रै जात्रा’को टिजर रिलिज, सरप्राइजको रुपमा देखिए दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १७:०३

भोलीबाट छायांकनमा जान लागेको चलचित्र ‘जात्रै जात्रा’को टिमले यसको टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो । प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् । यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । चलचित्रको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ । चलचित्रमा नायिका बर्षा राउतको पनि मुख्य भूमिका छ । तर, टिजरमा बर्षालाई देखाइएको छैन ।

‘जात्रा’ हिट भएको २ बर्षपछि यसको सिक्वेल बनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?