+
+
Shares

टर्कीले अमेरिका र बेलायतलाई दियो खाशोज्जी हत्याको टेप

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २४ गते १८:१०

२४ कात्तिक, काठमाडौं । टर्कीले अमेरिका, बेलायत, साउदी अरब लगायतका देशलाई पत्रकार जमाल खाशोज्जी हत्यासँग जोडिएको (अडियो-भिडियो) टेप उपलब्ध गराएको छ ।

साथै टर्कीका राष्ट्रपति रेतेप तथ्यय एर्दोआनाले खाशोज्जीको हत्या कसले गरेको भन्ने साउदीलाई जानकारी रहेको दोहो¥याएका छन् ।

साउदी अरबका शासकका आलोचक समेत रहेका पत्रकार खाशोज्जीको इतानबुलस्थित साउदी को बाणिज्य दूताबासमा २ अक्टोबरमा हत्या भएको थियो । सुरुमा खाशोज्जीको हत्या अस्वीकार गरेको साउदीले अहिले हत्या स्वीकार गरेको छ तर, यसमा शाही परिवारको संलग्नता नभएको दाबी गर्दै आएको छ ।

खोशोज्जी आफ्नो विवाहका लागि आवश्यक कागजात जुटाउन बाणिज्य दूताबास गएका थिए ।

तर, उनी फर्किएर आएनन् । उनको हत्या कसरी भयो भन्ने प्रष्ट भएको छैन । टर्कीका सञ्चार माध्यमहरुमा भने हत्याअघि आफूलाई दिइएको यातनाबारे खाशोज्जीले फोनमा बताएको अडियो आफूहरुसँग रहेको दाबी गरेका छन् ।

पछिल्लो साता भने टर्कीले बाणिज्य दूताबास प्रवेश गर्नासाथ खाशोज्जीको हत्या भएको र पूर्वयोजनाअनुसार नै एसिडले शव तत्काल जलाइएको दाबी गरेको छ ।

खोशाज्जीको शव भेटिएको पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?