Comments Add Comment

ओलम्पिक महिला फुटबल छनोटः नेपाल र म्यानमार आज भिड्दै

२५ कात्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

थुवुन्ना रंगशाला स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको थियो । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दी भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेको थियो । खेलको ११औं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर नेपालले आफ्नो अग्रता धेरै बेरसम्म टिकाइ राख्न सकेन । खेलको ३७ औं मिनेटमा भारतले गोल गरेपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो ।

यता, म्यानमारले भने आफ्नो पहिलो खेलमा नै बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको थियो । त्यसकारण पनि नेपालविरुद्ध खेल्दा स्पष्ट ३ अंक ल्याउने हिसाबले म्यानमार खेल्ने छ । नेपाल भने म्यानमारलाई रोक्दै अंक बाड्ने लक्ष्यमा छ ।

समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment