Comments Add Comment

स्थानीय तहले जथाभावी शुल्क बढाएर पर्यटन क्षेत्र ध्वस्त पारेः टान

२५ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल  (टान)ले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरुले जथाभावी शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ । साथै उसले मनोमानी ढंगले शुल्क बढाउने काम बन्द गर्न आग्रह गरेको छ ।

देश संघियतामा गएसँगै विभिन्न क्षेत्रका गाउँपालिका तथा निकुञ्जहरुले विना पूर्व सूचना पर्यटकबाट आफूखुशी शुल्क लिन थालेको टानको आरोप छ । टानका अध्यक्ष नवराज दाहालले जारी गरेको विज्ञप्तिमा मकालु वरुण राष्ट्रिय निकुञ्जले सो क्षेत्रमा प्रवेश गर्ने पर्यटकसँग लिने शुल्क अत्याधिक बढाएको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ ।

टानको विज्ञप्तिमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाले त्यस क्षेत्रमा रहेको टिम्स काउन्टर बन्द गराइ प्रति पर्यटकबाट दुई हजार लिने गरेको दाबी गरिएको छ ।  यस्तै स्थानीय सरकारको दबाबमा त्यहाँका होटलहरु तथा लजहरुले खानाको र पदयात्रा सहयोगीहरुको शुल्क पनि तोक्ने गरेको टानले जनाएको छ ।

‘पर्यटन क्षेत्र धरासायी हुने गरी गरिएका यस्ता कार्य प्रति अब मुकदर्शक भएर हेरे बस्न नसकिने भएकाले जथाभावी शुल्क उठाउने कार्यलाई यदी तत्काल बन्द नगरे सम्पूर्ण पर्यटन व्यवसायीहरु आन्दोलनमा उत्रने र यसबाट पर्ने सम्पूर्ण परिणामको जिम्मेबारी नेपाल सरकार स्वयं ले नै लिनु पर्ने छ’, विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment