Comments Add Comment

वल्र्ड लिंकलाई ‘आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड’

२६ कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनीकेशन्स प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

द एशियन ओसिनियन कम्प्युटिङ अर्गनाइजेसनले टोकियो, जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्ड लिंक कम्युनिकेशन्स प्रालि सम्मानित भएको हो ।

संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डद्धारा वल्र्डलिंकलाई सम्मानित गरेको कम्पनीले जनाएको छ ।

उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी बनेको जारी विज्ञप्तिमा उल्लेख छ ।  जापानको राजधानी टोकियोमा नोभेम्बर ८ मा आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वल्र्ड लिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे

कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा उनिहरुका प्रतिनिधि सहभागी थिए ।

नेपाली इन्टरनेट बजारमा वल्र्डलिंकले पुर्‍याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय स्तरको पुर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै उक्त अवार्ड प्राप्त गरेको कम्पनी बताउँछ ।

असोसिओले आफैंले आन्तरिक रुपमा मूल्यांकन गरेर वल्र्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।  असोेसीओ सुचनाप्रविधिसंग सम्बन्धित संस्था हो ।

यसमाएशिया प्याशिफिकबाट सुचनाप्रविधिमा संलग्न रहेका २४ भन्दा बढी संघको प्रतिनिधि रहेका छन् ।  सन् १९९४ मा जापानको टोकीयोमा स्थापित यो संस्था सुचाना प्रविधिको क्षेत्रमा सबै भन्दा बढी सम्मानित र क्रियाशिल संस्थाको रुपमा स्थापित भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment