Comments Add Comment

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री सुवेदीले लिए सपथ

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सपथ लिएका छन् ।

उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरी सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सोडारी र सुवेदी दुवैजना माधव नेपाल पक्षका हुन् ।

सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन नेकपाको सुदूरपश्चिम कमिटीले मुख्यमन्त्री भट्टलाई निर्देशन दिएपछि उनी बर्खास्तीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment