Comments Add Comment

यसकारण हुन्छ मधुमेहका बिरामीलाई फ्याटी लिभरको समस्या

आजकाल धेरै मानिसहरुलाई मधुमेहको समस्या छ । गलत खानपान तथा व्यस्त जीवनशैलीका कारण पनि धेरैलाई मधुमेहको समस्या हुने गरेको छ ।

मधुमेह भएमा कलेजोमा फ्याट -बोसो) जम्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा फ्याटी लिभर (कलेजोमा बोसो जम्नु ) भनिन्छ ।

फ्याटी लिभर दुई किसिमको हुन्छः अल्कोहोलिक फ्याटी लिभर र नन अल्कोहोलिक फ्याटी लिभर ।

अल्कोहोलिक फ्याटी लिभर मदिरा सेवनले हुन्छ भने गलत खानपान तथा खराब जीवनशैली, मोटोपना तथा मधुमेहका कारण नन अल्कोहोलिक फ्याटी लिभरको समस्या हुने गर्छ ।

फ्याटी लिभर भएमा लिभर -कलेजो) वरिपरिको टिस्यमा घाउ हुने, सुन्निने तथा कलेजो वरिपरिको भागमा बोसो जम्ने गर्छ । र, कलेजो क्रमश कडा हुँदै गएर कलेजोले विस्तारै विस्तारै काम गर्न छोड्दछ ।

चिकित्सकहरुका अनुसार टाइप २ मधुमेहमा व्यक्तिको कलेजोमा बोसो जम्ने तथा कोलेस्ट्रोलको मात्रा उच्च हुने गर्दछ । जसले गदा उनीहरुमा मुटुको रोगको जोखिम धेरै हुने गर्छ ।

त्यसैले पनि, विशेषज्ञहरु मधुमेहका विरामीलाई नियमित चेकजाँच गर्न सल्लाह दिने गर्छन् । पाचन सम्बन्धि समस्या, पेट दुख्ने समस्या भएमा तुरुन्तै चिकित्सकलाई सम्र्पक गर्न सुझाव दिने गर्दछन् ।

नन अल्कोहलिक फ्याटी लिभरको खतरा

मदिरालाई फ्याटी लिभरको मुख्य कारक मानिन्छ । त्यसबाहेक, मोटोपना, अतिरिक्त तौल, तथा मधुमेहको समस्या फ्याटी लिभरको सबैभन्दा प्रमुख कारक मानिन्छ ।

त्यसैले, मदिरा सेवन नगर्नेहरुमा पनि यी मध्य कुनै एक समस्या छ भने उनीहरुमा फ्यटी लिभर हुने सम्भावना उच्च हुने गर्छ । समयमै फ्याटी लिभरको उपचार नगरे यो समस्या लिभर सिरोसिसमा बदल्न सक्छ ।

लिभर सिरोसिस भएमा कलेजो विग्रनसक्छ । त्यतिबेला कलेजो ट्रान्सप्लान्ट मात्रै एक मात्र विकल्प रहन्छ । त्यसैले, कलेजो विग्रन नदिने एकमात्र उपाय भनेकै जीवनशैलीमा तथा खानपानमा सुधार गर्नु हो ।

मधुमेहका बिरामीले स्वस्थ आहार, स्वस्थ जीवनशैली, नियमित एक्सरसाइज आदि गरेर पनि रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न सक्दछन् । यसले फ्याटी लिभर हुने सम्भावना न्युन हुने गर्छ ।

केही औषधी तथा रोगका कारण पनि फ्याटी लिभर हुनसक्ने भएकोले समयमै चिकित्सकसित परार्मश गर्न जरुरी छ ।

फ्याटी लिभरको लक्षण

नन अल्कोहलिक फ्याटी लिभरको खासै लक्षण हुँदैन । तर यी मध्य कुनै एक लक्षण देखिएमा सर्तक हुन आवश्यक छ ।
-थकान महसुस भएका
-दायाँ पेटको माथिल्लो पेटमा दुखाई महसुस भएमा
-तौल कम भएमा

यसरी बच्न सकिन्छ फ्याटी लिभरबाट

-मदिराको सेवन नगर्ने
-तौल कम गर्ने
-विशेषज्ञको सल्लाहमा आहार लिने
-प्रत्येक दिन कम्तीमा तीस मिनेट व्यायाम गर्ने
-जंकफुडमा बोसोको मात्रा धेरै हुने भएकोले यस्ता खानेकुरा नखाने
-खानपानमा फलफूललाई विशेष महत्व दिने
-लिभरलाई खराब गर्ने औषधीको सेवन गर्नबाट बच्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment