Comments Add Comment

विश्वव्यापीरुपमा घट्दो जन्मदर, भविष्यमा केटाकेटीभन्दा बुढाबुढी धेरै हुने

भनिन्छ, बालबालिकाहरु देशको भविष्य हुन् । त्यसैले यदि बालबालिका नै भएनन् भने कुनै पनि देशको भविष्य खतरामा पर्न सक्छ ।

यसै खतरालाई संकेत गर्ने एक शोध अगाडि आएको छ । उक्त शोधअनुसार विश्वभरमा महिलाहरुको प्रजनन दरमा गिरावट आएको छ ।

शोधकर्ताहरुका अनुसार यो शोधको नतिजा स्तब्ध बनाउने खालको छ र यसले मानव समाजमा गम्भिर परिणाम निम्त्याउन सक्छ । जहाँ बच्चाहरुभन्दा धेरै हजुरबुबा-हजुरआमा हुनेवाला छन् ।

शोधमा आधारित रिपोर्टले आधाभन्दा धेरै देशमा जन्मदर अस्थायी रुपमा कम भएको देखाएको छ । यसको अर्थ ती देशहरुमा जनसंख्या बढाउनको लागि पर्याप्त बच्चा छैनन् ।

‘द लान्सेट’ मा छापिएको उक्त शोधपत्रमा हरेक देशमा सन् १९५० देखि १९७० को बीच ट्रेन्डको विश्लेषण गरिएको थियो । सन् १९५० मा महिलाहरु आफ्नो पुरै जीवनमा औसत ४.७ बच्चाहरुलाई जन्म दिन्थे तर, पछिल्लो वर्षसम्म यो प्रजनन् दर आधा भएर २.४ बच्चाहरुमा आइपुग्यो ।

यद्यपी, फरक-फरक देशअनुसार यसमा धेरै अन्तर देख्न पाइन्छ । नाइजर र पश्चिमी अपि|mकामा प्रजनन दर ७.१ छ तर साइप्रसको भूमध्य द्विपमा महिलाहरुले औसतमा एक मात्रै बच्चालाई जन्म दिन्छन् ।

प्रजनन दर कम हुँदा के हुन्छ ?

जब कुनै देशमा प्रजनन दर २.१ भन्दा तल आँउछ भने त्यहाँ जनसंख्या कम हुन सुरु हुन्छ । खासगरि ती देशहरुमा जँहा बालमृत्युदर धेरै छ ।

सन् १९५० मा जब यो अध्ययन सुरु भएको थियो, त्यतिखेर कुनै पनि देश यो श्रेणीमा थिएनन् । युनिभर्सिटी अफ वासिङ्टन फर हेल्थ मेटि्रक्स एण्ड इभ्योलुसनका डाइरेक्टर प्रोफेसर क्रिस्टोफर मुरेले भने, ‘हामी त्यो स्थितीमा पुगेका छौं जहाँ प्रजनन दर रिप्लेसमेन्ट लेभलभन्दा तल छ । यसैले यदि केही गरिएन भने ती देशमा जनसंख्या कम हुनेछ, यो धेरै ठूलो परिवर्तन हो ।’

कुन-कुन देश प्रभावित हुन्छन् ?

आर्थिक रुपले विकसित देश जस्तै युरोप, अमेरिका, दक्षिण कोरिया र अष्ट्रेलियामा प्रजनन दर कम छ । तर, यसको मतबल यो होइन कि यी देशमा बस्ने मानिसहरुको संख्या कम भइरहेको छ ।

कम्तिमा पनि अहिलेसम्म त छैन किनभने यहाँ जनसंख्याको आकारमा प्रजनन् दर, मृत्युदर र प्रवासनको मिश्रण हुन्छ । प्रजनन दरमा कमीले अहिले धेरै असर पर्दैन । यसको लागि कैयौं पिँढीसम्म लगातार परिवर्तनको आवश्यकता हुन्छ ।

प्रोफेसर मुरे भन्छन्, ‘हामी छिट्टै त्यो स्थितीमा पुग्नेछौं जहाँ समाज जनसंख्याको कमीको कारण आइपर्ने समस्यासँग जुधिरहेको हुनेछ ।’

आधाभन्दा धेरै देशमा पर्याप्त बच्चाको जन्म भइरहेको छ तर, देश जति आर्थिक रुपले वृद्धि गर्छन् त्यति नै प्रजनन् दर कम हुँदै छ ।

प्रजनन् दर कम हुनाको कारण

प्रजनन दर कम हुने कारण स्पर्म काउन्ट कम हुनु होइन वा कुनै यस्तो सामान्य कुरा होइन जुन दिमागमा सबैभन्दा पहिले आउँछ । खासमा यसको मुख्य दुई कारण छन् ः
-गर्भनिरोधक साधनको सजिलो पहुँच
-धेरै महिलाहरु शिक्षित र जागिरे हुनु

प्रजनन दर कम हुनुलाई कैयौं पक्षबाट सफलता पनि भन्न सकिन्छ ।

यसको प्रभाव

रिपोर्टका अनुसार यसको समाधानका लागि आप्रवासीहरुलाई बढाउन सकिन्छ । तर, त्यसको आफ्नै समस्याहरु हुन सक्छन् । यस बाहेक उनीहरुले आफ्नो देशका महिलाहरुलाई धेरै बच्चा पैदा गर्नको लागि प्रेरित गर्नुपर्छ ।

रिपोर्टका लेखक प्रोफेसर मुरे भन्छन्, ‘वर्तमान रुझानअनुसार गइरहेको खण्डमा धेरै देशहरुमा एकदम कम बच्चाहरु हुनेछन् र जनसंख्यामा ६५ वर्षभन्दा बढी उमेरका धेरै मानिसहरु हुन्छन् । यसले वैश्विक समाजलाई सन्तुलिन बनाउन धेरै मुस्किल हुनेछ । यस्तो समाजको गहन सामाजिक र आर्थिक परिणामहरुको बारेमा सोच्नुहोस् जहाँ बच्चा कम र वृद्धवृद्धा धेरै छन् ।’

‘जापान जोखिममा छ । उनीहरुको जनसंख्या कम भइरहेको छ । पश्चिमी देशहरु यसबाट धेरै प्रभावित हुँदैनन् भन्ने मलाई लाग्छ किनभने प्रजनन दरको कमी प्रवासनबाट भरपाइ हुन्छ ।’

बिबिसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment