+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

सुपर कम्प्युटरको दौडमा चीन पछि पर्‍यो, अमेरिका अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते ११:५८

विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको दौडमा चीन तेश्रो स्थानमा धकेलिएको छ ।

अर्धवार्षिक रुपमा प्रकाशित हुने विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटरको सूचिमा चिनिया सुपर कम्प्युटर तेश्रो स्थानमा झरेको हो । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको पहिलो र दोश्रो स्थानमा अमेरिकी सुपर कम्प्युटर पर्न सफल भएका छन् ।

अमेरिकी सुपर कम्प्युटर समिट विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर बनेको छ भने सिरा दोश्रो स्थानमा छ ।

टप टेन शक्तिशाली सुपर कम्प्युटरमा अमेरिकाका पाँचवटा सुपर कम्प्युटर रहेका छन् । त्यस्तै टपटेनमध्ये स्विजरल्याण्ड,जर्मनी र जापानका एक एक सुपर कम्प्युटर परेका छन् ।

तर सबैभन्दा शक्तिशाली ५ सय सुपर कम्प्युटरको संख्यामा भने चीन पहिलो स्थानमा रहेको छ । यो सूचिमा चीनका २ सय २७ वटा कम्प्युटर परेका छन् भने अमेरिकाका १ सय ९ वटा ।

विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको रुपमा रहेको समिटले एक सेकेन्डमा २ लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्दछ ।

समिट र सिरा दुबै सुपर कम्प्युटर अमेरिकी कम्पनी आइ बि एमले निर्माण गरेका हुन् ।

हाल विश्वको तेश्रो शक्तिशाली सुपर कम्प्युटरको रुपमा रहेको चीनको सुनवे ताइहु लाइट सुपर कम्प्युटर गत वर्ष पहिलो स्थानमा थियो । टप टेनमध्ये चीनकै अर्को सुपर कम्प्युटरले चौथो स्थान हात पार्न सफल भएको छ ।

सुनवे ताइहु लाइटको प्रोसेसिंग पावर ९३ पेटाफ्लोप्स छ । जबकी समिटको २ सय पेटाफ्लोप्स रहेको छ । दोश्रो शक्तिशाली कम्प्युटर सिराको प्रोसेसिंग पावर ९४ पेटाफ्लोप्सरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?