+
+
Shares

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १५:४२

बलिउड तथा हलिउडमा कलाकारका गोप्य तस्बिर बाहिरिदा, त्यसलै ठूलै विवाद निम्त्याउँछ । कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि पाइन्छ ।

यही क्रममा, बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा केही दिन अगाडि भाइरल भयो । बलिउडमा चलचित्र ‘समिताभ’बाट प्रवेश गरेकी अक्सराको यो तस्बिरले सामाजिक संजालमा आगो नै लगायो ।

तस्बिरमा विशेषगरि, अक्सराले लिएका हट सेल्फीहरु छन् । जुन तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने उनलाई समेत पत्तो छैन । तर, अक्सरा अहिले प्रहरीकोमा पुगेकी छिन् । फोटो बाहिर ल्याउने अज्ञात व्यक्तिविरुद्ध उनले एफआइआर समेत दर्ता गरेकी छिन् ।

प्रहरीले अक्सराको तस्बिर कसरी र कसले बाहिर ल्यायो भन्ने खोजी गरिरहेको बताएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?