Comments Add Comment

१२ हजार धरौटीमा छुटे मोरङका जुवाडे

२८ कात्तिक, मोरङ । मोरङको बुढीगंगा गाउपालिका-१ गंगा चोकमा रहेको उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा पक्राउ परेका पाच उद्योगी व्यवसायी जनही १२ हजार धरौटीमा छुटेका छन् ।

आइतबार बिहान करिब २ बजे पक्राउ परेका विराटनगर-५ का ५० वर्षीय जीवन रिजाल, विराटनगर-३ का ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर- ७ का ५१ वर्षीय बिमल अग्रवाल र ३८ बषिर्य हंशराज जैन बुधवार जनही १२ हजार धरौटीमा छुटेका हुन् ।

विराटनगरका उद्योगी चम्पालाल राठी सञ्चालक रहेको जुट उद्योगको गोदाम घरमा सुरक्षा गार्ड राखेर तास खेलिरहेको अवस्थामा प्रहरीले राठी सहित ५ जनालाई १ लाख ९० हजार १ सय ४० रुपैयाँसहित पक्राउ गरेको थियो ।

गत आइतबार बुढिगंगा र जहदा गाउँपालिकाबाट जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका तीनजना सहितको मुद्दा प्रहरीले बुधवार प्रशासन कार्यालयमा बुझाएको थियो ।

जुवा ऐन अन्तगत पक्राउ परेका व्यक्तिहरु जनही १२ हजार धरौटीमा छुटेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment