Comments Add Comment

दुई टन सुनका सिक्का जम्मा गर्नेलाई मृत्युदण्ड !

दुई टन सुनका सिक्कासँगै पक्राउ परेका एक व्यक्तिले इरानमा मृत्युदण्ड पाएका छन् । वहीद मजलूमीनलाई बुधबार इरानको राजधानी तेहरानमा फाँसी दिइयो ।

वहीद र उनका साथी मोहम्मद इस्माइल गासेमीको मृत्युदण्डको सजायलाई इरानको सर्वोच्च अदालतले सदर गरेसँगै उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।

उनीहरुलाई भ्रष्टाचार र आर्थिक अपराधको अभियोगमा कसूरदार ठहर गरिएको हो ।

सुनका सिक्का अनधिकृत रुपमा जम्मा गरी मुद्रा बजारमा नकारात्मक असर पुर्‍याएको आरोप उनीहरुमाथि लागेको थियो ।

इरानको मुद्रा पछिल्लो समय तीव्र दरमा अवमूल्यन भैरहेको छ । गत वर्ष प्रतिडलर ४० हजार ५ सय रहेको रियाल अहिले १ लाख पैंतीस हजार प्रतिडलर पुगेको छ ।

सिक्काका सुल्तानको नामले चिनिले वहीदलाई गत जुलाई महिनामा तेहरान पुलिसले दुई टन सुनका असर्फीसाथ पक्राउ गरेको थियो ।

उनले आफ्ना सबै मानिसहरुलाई तेहरानको बजारमा रहेका सबै खाले सिक्काहरु जुनसुकै मूल्यमा खरीद गरी जम्मा गर्न भनेका थिए । ताकि भविष्यमा आफूसँग भएका सुनका सिक्कालाई जुनसुकै मूल्य तय गरी बेच्न सकियोस् ।

उनले पछिल्लो ३० वर्षदेखि तेहरानमा सुन तथा सिक्काहरुको कारोबार गर्दै आएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment