+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
107/5 (15.1)
VS
कर्णाली याक्स 2025
0/0
Shares

कोलम्बो प्रोसेसका उच्च अधिकारीको बैठक काठमाडौंमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १२:४७

२९ कात्तिक, काठमाडौं । आप्रवासी श्रमिकहरुको साझा संगठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठक राजधानी काठमाडाैंमा सुरु भएको छ ।

राजधानी काठमाडौंको होटल सोल्टीमा बिहीबार सुरु भएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाँचौ बैठकले भोलि शुक्रबार हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको छैटौ मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ ।

आप्रवासी कामदारको हक हित र सुरक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरुको पाचौ बैठकले आप्रवासी श्रमिकका मानवअधिकार, सुरक्षा सुनिश्चिततालगायत अवसर चुनौतीका बारेमा समूहगत छलफल गरी निश्कर्षसहितको प्रतिवेदन तयार पार्ने छ ।

अध्यक्ष राष्ट्रका हैसियतले उच्च अधिकारीहरुको पाँचौ बैठकको श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरे ।

बैठकलाई सम्बोधन गर्दे मन्त्री विष्टले कोलम्बो प्रोसेसले आप्रवासी श्रमिकका चुनौतीको सम्बोधन गर्न आवश्यक रणनीति, साझेदारी र सामुहिक प्रयासको सजिकरण गर्न महत्वुर्ण अवसर प्रदान गर्ने बताए ।

पछिल्लो समय कोलम्बो प्रोसेस श्रम आप्रवासन, श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुक दुवैको विकासका लागि महत्वपुर्ण माध्यम बन्दै आएको छ ।

मन्त्री विष्टले आप्रवासी श्रमीकका क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोलम्बो प्रोसेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

बिहीबारको बैठकमा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका कन्सुलर सहायता, आप्रवासन सम्बन्धी दीगो विकासको लक्ष्य कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ तथा महिला आप्रवासी कामदारको समानाताको प्रर्वद्धनका विषयमा छलफल गरी साझा चुनौतीका रुपमा रहेका विषयहरुमा सामुहिक र प्रभावकारी प्रयत्नका लागि काठमाडौ घोषणा पत्र तयार पार्ने छ ।

आप्रवासी कामदारको हितका लागि तयार पारिएको काठमाडौं घोषणा पत्रलाई भोलि शुक्रबार बस्ने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रको मन्त्रीस्तरीय परामर्श बैठकले अनुमोदन गरी जारी गर्ने छ ।

कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?