Comments Add Comment

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनी हुने

२९ कात्तिक, विराटनगर । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनी विराटनगरमा हुने भएको छ ।

जिपी फाउण्डेशन प्रदेश एक कार्यालयको आयोजनामा मंसिर २ गते फाउण्डेशनको प्रदेश कार्यालयको उद्घाटनसँगै फोटो प्रर्दशनीको तयारी गरिएको हो ।

कार्यालयको कांग्रेस नेताहरु डा. शंशाक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस नेतृ सुजाता कोइरालाले निर्माण गरेको घर उनले आफ्ना बुबा गिरिजाप्रसादको नामको संस्थालाई हस्तान्तरण गरेकी हुन् ।

जीपी फाउण्डेशन प्रदेश एक कार्यालयका अध्यक्ष इन्दिरा थापाले आगामी मंसिर २ गते कोइराला परिवारका सदस्यहरु बीपी कोइरालाको पुत्र डा. शंशाक, नोना कोइराला पुत्र डा. शेखर र गिरिजापुत्री सुजाता कोइरालाको हातबाट जीपी फाउण्डेशनको संयुक्त रुपमा उद्घाटन गरिने जानकारी दिइन् ।

उनले भवनको उद्घाटनसँगै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीसमेत आयोजना गरिने अध्यक्ष बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment