Comments Add Comment

विश्वकप क्रिकेटः समूह ‘बि’बाट अष्ट्रेलिया र भारत सेमिफाइनलमा प्रवेश

३० कात्तिक, काठमाडौं । आईसीसी टि–ट्वान्टी महिला विश्वकप क्रिकेटमा समूह ‘बि’ बाट अष्ट्रेलिया र भारत सेमिफाइलमा प्रवेश गरेका छन् ।

अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको थियो भने भारतले बिहीबार राति भएको खेलमा आयरल्यान्डलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । अष्ट्रेलिया र भारतले समान ३ खेलबाट तीनै खेलमा जित हात पार्दै ६ अंक बनाएर सेमिफाइनल प्रवेश गरेका हुन् ।

यता, यो समूहमा रहेको न्यूजील्यान्डले पनि पाकिस्तानमाथि जित हात पारेको छ । तर, विश्वकप क्रिकेटको यो समूहमा रहेका न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्ड भने बाहिरिसकेका छन् ।

वेष्ट इन्डिजमा जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा भारतले आयरल्यान्डलाई ५२ रनले पराजित गरेको हो । एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको भारतले टस हारेर ब्याटिङ गर्दै १४५ रन बनाएको थियो ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सकेको थियो ।

त्यस्तै, यसै समूहअन्तर्गत भएको खेलमा न्यूजील्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेको छ । १४५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्रै बनाउन सकेपछि न्यूजील्यान्डले सहज जित निकालेको हो । जित निकालेपनि न्यूजील्यान्ड विश्वकपबाट बाहिरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment