Comments Add Comment

‘साँइली’को फस्टलुकमा मेनुका

चलचित्र ‘साँइली’को फस्टलुक र रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्रको १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्र ‘साँइली’लाई रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार गरिएको छ । ‘सुन साँइली’ बोलको गीत हिट भएपछि त्यसैको नाम सापटी लिएर यो चलचित्र तयार पारिएको हो ।

चलचित्रको फस्टलुकमा नायिका मेनुका प्रधानलाई मात्र देखाइएको छ । चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा विशाल गुरुङ र मोहन राना मगरको लगानी छ ।

चलचित्रमा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतम संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment