Comments Add Comment

अमेरिकामा देउसी भैलो खेलेको रकम अपांगमैत्री छात्रावासलाई

३ मंसिर, दाङ । अमेरिकाका नेपाली विद्यार्थीहरुले देउसी भैलोबाट संकलन गरेको एक लाख २५ हजार रुपैयाँ दृष्टिविहीनका लागि छात्रावास निर्माणमा सहयोग गरेका छन् ।

नेपालबाट अमेरिका पुगेका नेपाली विद्यार्थीहरुले खोलेको संस्था ‘नेपाली विद्यार्थी संगठन एराइजोन स्टेट युनिभर्सिटी’ले दाङ देउखुरीको लालमटियास्थित नमूना आदर्श माविमा छात्रावास निर्माणमा सहयोग गरेको हो ।

यो संस्था सन् २००५ मा स्थापना गरिएको थियो । नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष देउसी भैलोबाट रकम संकलन गरेर नेपालमा विभिन्न सामाजिक कामा सहयोग गर्दै आएको छ । सोहीअनुसार यस वर्ष आदर्श माविमा दृष्टिविहीन आवास निर्माणका लागि सहयोग गरिएको अध्यक्ष जगदिश पराजुलीलेे बताए ।

एराइजोन स्टेट युनिभर्सिटीमा अध्ययन गरिरहेका २६ विद्यार्थीहरुले देउसी भैलोको आयोजना गरेका थिए ।

अमेरिकामा अायोजित देउसीभैलो कार्यक्रममा सहभागीहरू ।

नमूना आदर्श मावि लालमटियामा २०५२ सालदेखि दृष्टिविहीन विद्यार्थीहरुले पनि अध्ययन गर्दै आएका छन् । तर, उनीहरु बसेर पढ्दै आएको विद्यालय भवन जीर्ण छ । त्यसैले पूर्वविद्यार्थीहरुको विशेष पहलमा अपांगमैत्री छात्रावास निर्माण गर्न लागिएको छ । करिब ६० लाखमा निर्माण हुने भवनमा छात्र र छात्राका लागि छुट्टाछुट्टै कोठासँगै एट्याच ट्वाइलेट, सभा हल, भान्सा गरी ४ कोठा रहनेछन् ।

छात्राबास निर्माणका लागि आदर्श माविमा अध्ययनरत पूर्वविद्यार्थीद्वय बासुदेव न्यौपाने र विरेन्द्र केसी सक्रिय छन् । भवन निर्माणका लागि न्यौपानेको संयोजकत्वमा एक समिति बनाइएको छ । ‘छात्रावास निर्माणका लागि स्वदेश-विदेशमा रहेका पूर्व विद्यार्थीहरुले सहयोग संकलन गरिरहेका छन्,’ संयोजक न्यौपानेले भने, ‘अरु संघ संस्थाहरुले सहयोग गरेमा त्यसलाई पनि स्वीकार गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment