+
+

ब्याक्टेरिया मिसाएर फाेहाेरकाे दुर्गन्ध हटाउने विधिकाे परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १६:४८

३ मंसिर, काठमाडाैं । काठमाडौं महानगरपालिकाले जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरेको छ ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा सोमबार बिहान टेकु ट्रान्सफर स्टेशनमा रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा ‘माइक्रो बायो पोजेटिभ ब्याक्टेरिया’ मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण भएकाे हाे ।

इड्मा इन्टरनेशनल कम्पनीले यो विधिले फोहोरबाट उत्सर्जन हुने दुर्गन्ध हटाउनले दाबी गरिएकाे छ । यो विधि, जैविक फोहोरमा प्रयोग गर्ने गरिएकाे छ । यो ब्याक्टेरियाले मानव स्वास्थ्यमा कुनै पनि असर नगर्ने कम्पनीकाे दाबी छ ।

निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर दुर्गन्ध हटाउन प्रयोग गरिन्छ । परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको महानगरपालिकाले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?