३ मंसिर, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा करिब ६ अंकको गिरावट आएको छ । आइतबार दोहोरो अंकले घटेको सेयर सोमबार ५ दशमलव ९० अंकले ओरालो लागेको हो ।
सेयर बजार निरनतर ओरालो लाग्दा नेप्से परिसूचक १ हजार १ सय ८९ दशमलव ५६ को बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । दिनभरमा भएका ३ हजार ४ सय ९५ कारोबारबाट विभिन्न कम्पनीका ७ लाख ९ हजार ३७९ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार २१ करोड २९ लाख १७ हजार २२ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यो रकम अघिल्लो कारोबारको तुलनामा करिब ११ करोड रकम कम हो । यस अघि आइतबार ३३ करोड भन्दा बढीको कारोबार भएकोमा थियो । सोबार सबैभन्दा धेरै नविल बैंकको कारोबार भएको छ ।
नेप्सेका अनुसरा नविलको ३ करोड ३ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4