Comments Add Comment

मुआब्जा माग गर्दै उच्च अदालतमा रिट

५ मंसिर, हेटौंडा । हेटौंडा-सिन्धुली-गाईघाट हुँदै धरानचतरा जोड्ने ३१९ किलोमिटर राजमार्ग निर्माणका क्रममा जग्गाको मुआव्जा नदिइ सडक निर्माण थालिएको भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा रिट परेको छ । हेटौंडा उपमहानगरपालिका-६ चौघडाका स्थानीयले बुधबार रिट दायर गरेका हुन् ।

राजमार्ग निर्माणका क्रममा यसक्षेत्रका तीनसय घरपरिवार विस्थापित हुने भन्दै उनीहरुले मुआब्जा दिएर मात्रै सडक निर्माण अघि बढाउनुपर्ने माग गरेका छन् ।

आयोजनाले भने राजमार्गको १५-१५ मिटर दुबैतर्फ पर्ने घर टहरा, गोठ वा भौतीक संरचनाको मात्रै क्षतिपूर्ति दिएर सडक बिस्तार गर्दै आएको छ ।

आयोजनाले मकवानपुर क्षेत्रमा पर्ने घर टहरा हटाउन ८१ करोड रुपैयाँ छुट्याएको छ । मकवानपुरकै अन्य क्षेत्रमा भौतिक पूर्वाधारको मात्रै क्षतिपूर्ति दिएर सडक बिस्तार गरेको आयोजनाले चौघडामा पनि जग्गाको मुआव्जा नदिने बताएपछि स्थानीय बासिन्दाले अदालतसम्म पुगेका हुन् ।

नेपालको संबिधानले विकास निर्माणका आयोजनाका लागि सरकारले जग्गा अधीग्रहण गर्दा मुआब्जा दिनुपर्ने व्यवस्था गरेको छ । सोही अनुरुप क्षतिपूर्ति पाउनुपर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment