Comments Add Comment

पहिलो खेलमा भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

५ मंसिर, काठमाडौं । तीन खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित निकालेको छ ।

बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ रनले पराजित गरेको हो । वर्षाको कारण १७ ओभरमा छोट्याइएको खेलमा १७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो । खेलको एक समय जित नजिक पुगिसकेको भारत अन्तिम ओभरमा पराजित भएको थियो ।

भारतका लागि ओपनर शिखर धवनले विष्फोटक ब्याटिङ गर्दै ४२ बलमा ७६ रन बनाए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, दिनेश कार्थिकले ३० र रिषभ पन्तले २० रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका एडम जाम्पा र मार्कुस स्टोइनिस्ले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १७ ओभरको पहिलो बलमा ब्याटिङ गर्दै गर्दा वर्षा भएपछि खेल केही बेरको लागि स्थगित भएको थियो । केही बेरसम्म स्थगित भएपछि १७ ओभरमा खेल टोट्याइएको थियो । अष्ट्रेलियाले १७ ओभरमा ४ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । तर डकवर्थ लेविस मेथोडमा भारतले १७४ रनको लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४६ रन बनाए । उनले २४ बलको सामना गर्दै ४ छक्का प्रहार गरे । त्यस्तै, क्रिस लिनले ३७, मार्कुस स्टोइनिसले अविजित ३३ र कप्तान एरोन फिन्चले २७ रनको योगदान दिएका थिए ।

भारतका लागि कुलदीप यादवले २ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment