५ मंसिर, काठमाडौं । अनलाइनखबरकर्मी विश्वासकुमार खड्काथोकी युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने यसवर्षको ‘युवा पत्रकारिता पुरस्कार’का लागि छनोट भएका छन् ।
पुरस्कारका लागि मन्त्रालयले बनाएको छनोट समितिले अनलाइनतर्फ अनलाइनखबरकर्मी खड्काथोकीलार्इ पुरस्कृत गर्ने भएकाे हाे ।
युवा पत्रकारिता पुरस्कारका लागि पत्रिकातर्फ गोरखापत्रकी सविता शर्मा, रेडियोतर्फ सामूदायिक सूचना नेटवर्क (सीआईएन) का लिलप्रकाश चन्द र टेलिभिजनतर्फ जनता टेलिभिजनका रामकुमार रिजाल छनाेट भएका छन् ।
मन्त्रालयले युवा र सामाजिक विषयमा कलम चलाउने पत्रकारलाई यसै वर्षदेखि पुरस्कार प्रदान गर्न शुरु गरेको हो । पुरस्कारको राशी जनही ५० हजार रुपैयांँ रहेको छ ।
अनलाइनखबरकर्मी खड्काथोकीले विगत एकदशक देखि युवा र सामाजिक विषयमा कलम चलाउादै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4