0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इन्टरपोलको चुनावमा रुसको हार

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते १९:५९

५ मंसिर, काठमाडौं । रुसी उम्मेदवारलाई हराउँदै दक्षिण कोरियाका किम जोङ–याङ इन्टरपोलको अध्यक्ष चुनिएका छन् ।

इन्टरपोलका १९४ सदस्य राष्ट्रको दुबईमा सम्पन्न बैठकले जोङ–याङलाई अध्यक्ष चयन गरेको हो ।

उनले रुसका एलेक्जेन्डर प्रिकोप्चोकलाई पराजित गरे, जसमाथि क्रिमियाका आलोचकलाई लक्षित गरी इन्टरपोलको एरेस्ट वारेन्ट सिस्टम प्रयोग गरेको आरोप लागेको थियो ।

अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)का तत्कालीन अध्यक्ष मेङ हङवेइ चीनमा पक्राउ परेका थिए । नवनियुक्ति इन्टरपोल प्रमुख ५७ वर्षीय किम जोङ–याङ पूर्वप्रहरी अधिकारी हुन् । कोरियाको सबैभन्दा लोकप्रिय राज्य गियोङ्गीमा प्रमुखसमेत भइसकेका उनी इन्टरपोलका वरिष्ठ उपाध्यक्ष समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?