+
+
Shares

यातायात कार्यालयले स्वीकार्‍यो गल्ती, लाइसेन्स रद्ध गर्न पत्रचार

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते २०:३४

५ मंसिर, काठमाडौं । यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयले ट्रायल फेल भएकाहरुले लाइसेन्स लिएको स्वीकार गरेको छ । उसले उक्त अनुमतिपत्र रद्द गर्न पत्रचार गरेको छ ।

प्रदेश ३ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाबाट ट्रायल पास भएकाभन्दा धेरैले लाइसेन्स लिएको र त्यसमा विभागकै आइटी शाखाका कर्मचारी संलग्न भएको खबर आएको थियो ।

बुधबार साँझ कार्यालयले गल्ती स्वीकार गरेको छ । कात्तिक १२ गते रद्ध गरिएका सवारी चालकले राजश्व बुझाएको भेटिएको बताउँदै कार्यालयले उनीहरुको लाइसेन्स खारेज गर्न विभागमा पत्र पठाएको छ ।

आफ्नो युजर नेम -इडिआइभिआरएस सिस्टम)बाट लाइसेन्स रद्ध नभएकाले विभागलाई पत्र लेखिएको देश ३ को यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र, कार्यालय ललितपुरले जनाएको छ ।

गत साउन ४ गते देखि कात्तिक ११ गतेसम्मको ट्रायल परीक्षण फेल भएर पनि कार्यालयको सफट्वेरको ट्रायल रिपोर्टमा उत्तिर्ण भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?