Comments Add Comment

मेकअपको साइड इफेक्टः कुरुप पो बन्दै हुनुहुन्छ कि ?

मेकअप । साधरणतय अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई बुझिन्छ । यसका लागि थरीथरीका प्रोडक्ट बजारमा उपलब्ध छन् ।

छाला चम्काउनेदेखि गोरो बनाउनेसम्म । चाहुरी लुकाउनेदेखि दाग-धब्बा ढाकछोप गर्नेसम्म । फुलेको कपाल कालो बनाउनेदेखि सिल्क र कर्ली बनाउनेसम्म । नमिलेको आँखी भौं मिलाउनेदेखि ओंठ रसिलो बनाउनेसम्म ।

मेकअप नगर्दा के हुन्छ ?

हामी ठान्छौं, ‘जति आकर्षक, राम्रो/राम्री देखिनुपर्ने, त्यती देखिदैन ।’ विभिन्न किसिमका क्रिम एवं सौन्दर्य प्रसाधनको प्रयोग गरेर हामी थप राम्रो देखिने चेष्टा गर्छौं ।

त्यसो त अहिलेको हावापानी, खानपान, जीवनशैलीको कारण पनि हामीमा यसक किसिमको सौन्दर्य-चेत बढेको हो । अन्याथा हरेक अनुहार प्राकृतिक रुपमा आफैमा आकर्षक, सुन्दर हुन्छ । एउटा आदर्श भनाई छ नि, ‘सुन्दरता हेराईमा होइन, बुझाईमा हुन्छ ।’

अर्थात बाहिरी जे देखिन्छ, त्यही सुन्दरता होइन । करोडौं जोर आँखा छन् । हरेक आँखाले देख्ने सुन्दरता फरक फरक हुनसक्छ । कसैलाई कालो मनपर्छ, कसैलाई गोरो । यसमा एकरुपता हुन्न ।

यद्यपी सुन्दर हुने चाहना राख्नु एक सामाजिक मनोविज्ञान हो । यो स्वत् हरेकको मनभित्र हुर्कन्छ । जो कोहीलाई लाग्छ, ‘कसरी म राम्रो देखिन्छु ?’

आकर्षक वा राम्रो देखिने यही मनोविज्ञानले सौन्दर्य प्रसाधनको बजारलाई चलायमान बनाइदिएको छ । समुचित ढंगले यी प्रसाधन प्रयोग गर्दा त्यसले सकारात्मक नतिजा दिनसक्छ । तर, जथाभावी गरिने प्रयोगले आकर्षक होइन, कुरुप हुने भय हुन्छ ।

मेकअपको साइड इफेक्ट

र दैनिक जीवनमा यस्ता मेकअपको प्रयोगले अनुहारमा पिम्पल्स लगायत चायाँ, पोतो लगायत छाला सम्बन्धि विभिन्न समस्या निम्त्याउने गर्छ ।

किनकी अनुहारमा प्रयोग गरिने गाँजल, फाउन्डेशन लगायतका मेकअपमा विभिन्न खाले रसायनको प्रयोग गरिएको हुन्छ । यस्ता रसायनले अनुहारको चमक घटाउनुका साथै शरीरका टाउको, आँखा,  हर्मोन लगायत शरीरका विभिन्न अंगलाई प्रभावित पार्छ ।

टाउको दुखाउँछ

मेकअपमा प्रयोग गरिने डाइजालिनेइल यूरिया तथा डीएमडीएम हाइडान्टोनी जस्ता रसायनले टाउको दुख्ने, म्यूकस मेम्ब्रेन पोल्ने तथा आँखा सम्बन्धि समस्या निम्त्याउने गर्छ । त्यसैले , केही दिनदेखि टाउको निरन्तर दुखिरहेको छ भने उक्त टाउको दुखाई मेकअपका कारण हो कि हैन भनेर जान्न केही समयका लागि मेकअपकम गर्न सकिन्छ ।

कपालको रङ बदल्छ

मेकअप अन्तर्गत पर्ने हेयर जेल, हेयर सिरम, स्याम्पू, कन्डिशनर तथा हेयस स्प्रेमा वपन कयौ हानीकारक रसायनको प्रयोग गरिन्छ । जसले कपालमा चायाँ, कपाल झर्ने,  लगायतको समस्या निम्त्याउँछ । त्यस्तै, कपालमा लामो समय हेयर कलरको प्रयोग कपालको रङ बदलिन सक्छ । तर, समय अगावै कपाल फुल्न सक्छ ।

डन्डिफोरको समस्या 

मेकअपको सबैभन्दा आम साइड इफेक्ट भनेको डन्डिफोरको समस्या हो । क्रिम तथा तरल पदार्थमा उपलब्ध विभिन्न किसिमको मेकअपमा कयौ किसिमको रसायनिक पदार्थ प्रयोग गरिएको हुन्छ ।

जसले छालाको रोमक्षिद्र बन्द गरेर डन्डिफोर अर्थात पिम्पल्सको समस्या निम्त्याउने गर्छ । किनकी जब छालाको रोमक्षिद्र बन्द हुन्छ, तब छालामा अक्सिजनको पूर्ति हुँदैन । र छालाले सास लिन तथा बढ्न सक्दैन । त्यसैले, छालालाई प्राकृतिक तरीकाले सफा गरेर छालालाई स्वस्थ राख्न जरुरी छ ।

छाला चाउरी 

लामो समय यस्ता उत्पादनको प्रयोगले छालालाई स्थायी रुपमा असर पार्ने गर्छ । र, समय बढेसँगै यसले छालाको कोलेजनलाई हानी गरी छालाको नयाँ कोषिकाको विकासमा अवरोध खडा गर्छ । परिणामस्वरुप, समय अगावै अनुहार चाउरिने तथा छालामा लाइनिङ पर्छ  ।

हर्मोन असन्तुलित 

यस्ता मेकअपको प्रशाधनलाई लामो समयसम्म उपभोग गरेमा यसले हर्मोनलाई समेत प्रभावित पार्छ । विशेषगरी, पिम्पल्स हटाउने,  स्क्रब गर्ने तथा डियोड्रेन्ट जस्ता उत्पादनमा ‘ट्राक्लासन’ नामक रसाउन पाइन्छ,  जसले थाइराइड ग्रन्थीको कामकाजमा हस्तक्षेत्र समेत गर्छ ।

लामो समयसम्म यसको प्रयोगका कारण थाइराइडसित सम्बन्धि टाउको दुखाई, तौल घट्ने तथा अवसादको कारण बन्न सक्छ ।

आँखाको संक्रमण गराउँछ

मेकअपमा धेरै आई मेकअपको प्रयोग बढी मात्रामा गरिन्छ । जबकी आँखा वरिपरिको छाला शरीरको संवेदनशील क्षेत्र अन्तर्गत पर्दछ । यस क्षेत्रमा जुन पायो त्यही प्रोडक्टको मेकअप गर्नाले आँखामा घाउ हुने, आँखा चिलाउने गर्छ । अत्याधिक मात्रामा मस्करा तथा गाँजलले आँखाको झिल्लीको विकासमा अवरोध खडा गर्छ । र , व्याक्टेरियाको अनुपात बढाउँछ, जसले आँखा पोल्नुका साथै आँखाको संक्रमण हुने गर्छ ।

प्रजनन क्षमतामा असर गर्छ

त्यतिमात्र हैन, छालामा प्रयोग गरिएका यस्ता उत्पादन छालामा अवशोषित हुन्छ, जुन शरीरबाट सजिलै बाहिरिदैन । मुसामा गरिएको एक अध्ययन अनुसार मेकअपमा प्रयोगमा गरिने  बुटील पेराबेन नामक रसायनले पुरुषको प्रजनन क्षमतालाई प्रभावित पार्ने गर्छ  ।

क्यान्सरको जोखिम बढाउँछ

मेकअपमै प्रयोग गरिने विभिन्न विषादीयुक्त रसायनका कारण मानिसहरुमा क्यान्सरको जोखिम समेत बढ्ने हुँदा फर्मालाडस्हाइट तथा फर्मालाडीहाईड रिलिज रिजर्वेटिब्स, फेनासेटिन, कोल तार, बेञ्जिन, क्रोपमयम, आर्सेनिक, क्रिस्टलाइन सिलिका जस्ता तत्व प्रयोग गरिएका उत्पादन प्रयोग गर्नबाट बच्नु पर्छ ।

अनुहार चाउरी बनाउँछ

सनसक्रिम, मोइस्चराइजर, टोनर्समा  प्रयोग गरिने क्रिम तथा व्लिचले छाला कालो बनाउन सक्छ । साथै, खराब उत्पादनको प्रयोगले छालाका रङ बदलिन सक्छ । र, यसकै प्रभावले गर्दा छालामा दाग बस्ने, पोतो आउने, चायाँ पर्ने, छालाको रङ कालो हुने,  छाला रातो हुने, चाउरी पर्ने लगायतका समस्या देखिन्छ । यसबाट बच्नका लागि रसायन रहित क्रिमको उपयोग जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment