Comments Add Comment

‘चङ्गाचेट’को सुखद विदेश यात्रा

नेपाली बक्स अफिसमा सन्तोषजनक व्यापार गरेको चलचित्र ‘चङ्गाचेट’ले विदेशमा पनि राम्रो कमाई गरिरहेको छ । निर्देशक दिपेन्द्र के खनालका अनुसार अहिलेसम्म करिब ६० लाख माथिको कमाई विदेशबाट भैसकेको छ ।
कमेडी कथामा बनेको यो चलचित्रको ‘गोजीमा दाम छैन’ बोलको गीतका कारण पनि विदेशमा यसको माग बढेको हो ।

माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीको मुख्य भूमिका छ ।
निर्देशक खनालका अनुसार अमेरिकाको १५ राज्यमा यो चलचित्र विक्री भैसकेको छ ।

यस्तै, जापान, दक्षिण कोरिया, हङकङ र यूरोपमा पनि चलचित्र विक्री भैसकेको छ । अन्य देशका लागि पनि कुरा भैरहेको उनले बताए । नेपालमा पहिलो साता सामान्य व्यापार गरेको चलचित्रको व्यापार दोश्रो साताबाट उकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment