Comments Add Comment

स्यान्टु र नवीता च्याम्पियन

काठमाडौं । स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् । दुवै नेपाल प्रहरीका हुन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा शनिबार भएको फाइनलमा स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ६-११, ११-७, ११-९, ११-४, ८-११ र ११-७ को सेटमा पराजित गरे । काठमाडौंका चन्दन शाही र एपीएफका शिवसुन्दर गोथे संयुक्त रुपमा तेश्रो भए ।

महिला सिंगल्सको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी रविना महर्जनलाई ११-७, ११-१३, ११-७, ११-८ र ११-३ को सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र एपीएफकी सेलिशा खड्गी तेश्रो भए ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५/५ हजार नगद पुरस्कार हात पारे ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि उमेश मानन्धर, ५० वर्षमाथि कपुर शर्मा र ६० वर्षमाथि उदयमोहन श्रेष्ठ पहिलो भए । स्कुलतर्फ डबल्सको ब्वाइजमा एन्जल लर्डका स्वीकार लामा र निमेश लिम्बू तथा गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवाल र दिया मगैयाको जोडी पहिलो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment