Comments Add Comment

वीरगरगञ्जको शंकराचार्य गेट अब सेल्फिस्पट

१८ मंसिर, वीरगञ्ज । वीरगञ्ज रक्साैल नाका स्थित शंकराचार्यद्वारको सौन्दर्यीकरण गरिएको छ । देशको प्रवेशद्वारको रुपमा परिचित शंकराचार्य गेटको सौन्दर्यीकरण गरिएको हो ।

संरक्षण र मर्मत संभारको नहुँदा गेटमा झार उम्रिसकेको थियो भने सीमा क्षेत्रमा फोहोर फाल्ने गरेका कारण गेट परिसर दुर्घन्धितसमेत थियो । विगतमा डम्पिङ साइटको रुपमा शंकराचार्यद्धार सौन्दर्यीकरण गरेपछि अहिले सेल्फी स्पटको रुपमा परिणत भएको छ ।

विगतमा गेट मुनीबाट समेत सवारी ओहोरदोहोर गर्ने गरेकोमा त्यसलाई बन्द गरेर महानगरपालिकाले सर्मपण सेवा संस्थाको सहयोगमा अहिले पार्क निर्माण गरेको छ ।

विगतमा महानगरपालिकाकै उदासिनता र उपेक्षाका कारण शंकराचार्य गेट क्षेत्रमा जथाभावी फोहोर फाल्ने गरिएको थियो । महानगरपालिकाले यसक्षेत्रको सौन्दर्यीकरण गर्दै गेट अगाडि राष्ट्रिय झन्डासमेत स्थापना गरेको छ ।

विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा अंग्रेजी भाषाको डिजिटल बत्ती लगाएको छ । पार्क निर्माण गर्नुको साथै पानीको फोहरामा भगवान पशुपतिनाथको मुर्ति स्थापना गर्ने योजनासमेत रहेको महानगपालिकाले जनाएको छ ।

आर्थिक नगरी एवम मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगञ्जलाई राष्ट्रिय गौरवको रुपमा चिनाउन महानगपालिकाले यसक्षेत्रको विकास गरेको प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार भुषालले जानकारी दिए ।

शंकराचार्यद्धार सौन्दर्यीकरणको काम सम्पन्न भएपछि आज (मंगलबार) नगर प्रमुख वीजयकुमार सरावगीले त्यसको उद्घाटन गरेका छन् । कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकाले शंकराचार्य गेटको क्षेत्रलाई गुरुयोजना मार्फत नै विकास गर्ने बताए ।

विगतमा संघीय सरकारको उदासिनताको कारण गेटदेखि दक्षिण मितेरी पुलसम्म र उत्तरमा रजतजयन्ती चौकसम्मको अवस्था विग्रिएको बताउँदै उनले गुरु योजना अन्तर्गत ती क्षेत्रको समेत सौन्दर्यीकरण गरीने बताए । ‘संघीय सरकारको ढुलमुल नितिको कारण वीरगन्जको मुख्य सडक बन्न नसकेको हो ,’ उनले भने, ‘सडक विभाग र सम्बन्धित मन्त्रालयले सडक कति फराकिलो बनाउने भन्ने निर्णय छिटो गर्नुपर्छ । र कार्यान्वयनमा ल्याउनुपर्छ । नगरमा आवश्यक काम गर्न हामी तत्पर छौं ।’

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भूसालले सौन्दर्यीकरण पछि अब शंकराचार्यद्वार सेल्फी स्पटको रुपमा परिणत भएको बताए । काँची कामकोटी विद्यापिठपति जगदगुरु शंकराचार्य श्री १००८ जयन्द्र सरस्वती स्वामीले २०३१ साल जेठ ४ गते शिलान्यास गरेको गेट २०४४ साल चैतमा उनैले शिलान्यास गरेका थिए । गेट निर्माणका लागि वीरगञ्जका उद्योगी व्यापारीहरुले चन्दा सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment