Comments Add Comment

अंक दूरी फराकिलो बनाउँदै म्यान्चेस्टर सिटी, वाटफोर्ड पराजित

१९ मंसिर, काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गरेको छ ।

मंगलबार राति उसैको घरेलु मैदानमा सिटीले वाटफोर्डलाई २-१ गोलअन्तरले पराजित गर्न सफल भएको हो । वाटफोर्डलाई पराजित गरेसँगै लिग लिडर सिटीले अंक दूरी समेत फराकिलो बनाएको छ ।

सिटीको जितमा लेरोय साने र रियाड महरेजले गोल गरे । यता, वाटफोर्डका लागि भने अब्डौलय डौकोरले एक गोल फर्काएका थिए । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल गर्दा वाटफोर्डले पनि दोस्रो हाफमा एक गोल फर्काउन सफल भएको थियो ।

खेलको ४०औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेल अवधिभर बल नियन्त्रणमा राखेको सिटीले एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्ने अवसर भने खेर फालेको थियो ।

पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले खेलको ५१औं मिनेटमा महरेजको गोलबाट दोब्बर अग्रता बनाएको थियो । तर खेलको ८५औं मिनेटमा डौकोरले गोल गर्दै वाटफोर्डलाई २-१ गोलको स्थितिमा पुर्‍याएका थिए । तर बाँकी समयमा गोल गर्न नसकेपछि वाटफोर्ड सिटीसँग २-१ गोलअन्तरले पराजित भएको हो ।

जितसँगै सिटीको १५ खेलबाट ४१ अंक भएको छ । लिगको शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अंक दूरी समेत पाँचमा पुर्‍याएको छ । लिभरपुलको ३६ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment