Comments Add Comment

स्वदेश फर्किए किरण, मनाङले लिगको लागि नराख्ने

१९ मंसिर काठमाडौं । नेपाली राष्ट्रिय टिमका मुख्य गोलकिपर किरण चेम्जोङ आज (बुधबार) स्वदेश फर्किएका छन् ।

उनले माल्दिभ्समा आफ्नो टिम टिसी स्पोर्टस्   क्लबलाई लिग च्याम्पियन बनाएर स्वदेश फर्किएका हुन् । माल्दिभ्समा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई उपाधि दिलाएका किरणको यतिबेला सर्वत्र चर्चा छ ।

किरण स्वदेश फर्किएसँगै कुन क्लबबाट खेल्छन् भन्ने कुराको चर्चा पनि हुन थालेका छन् । के किरणले आफ्नो पूर्व क्लब मनाङ मर्स्याङ्दी क्लबबाट खेल्छन् त ? तर यता, मनाङले भने आफ्नो टिम सेट भइसकेको र विशाल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरिरहेको हुँदा किरणलाई नराख्ने निश्कर्ष निकालेको छ ।

मनाङका महासचिव मुखिया लामाले भने, ‘हामीले टिम सेट बनाइ सक्यौ । उहाँ आउनु हुन्छ भन्ने कुरा थाहा थिएन । विशाल श्रेष्ठले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यो एक महिनाको लागि मात्रै राख्दा अन्य खेलाडीलाई नराम्रो असर पर्न जान्छ पनि । किरण फेरि बाहिर गइहाल्ने होला । हामीसँग कुरा भएको पनि छैन र हामीले राख्छौ भनेर सोचेको पनि छैन ।’

घरेलु प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबबाट खेल्दै गर्दा किरणले व्यवसायिक फुटबल खेल्न विदेशी क्लब गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment