Comments Add Comment

मन्त्रीको गुनासो : जे कुरामा पनि राष्ट्रपतिलाई नै जोड्नुपर्ने ?

५ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हेलिकप्टर खरिदको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘जे कुरामा पनि सम्माननीय राष्ट्रपतिज्यूलाई नै जोडेर आउनुपर्ने, यो उद्देश्य हो कि सत्य हो ! म चाहिँ कन्फयुजनमा परेँ ।’

उनले अगाडि थपे  ‘राष्ट्रपतिलाई चासो नै नभएको, थाहा नै नभएको विषयमा पनि जोड्नु, …हामीले नै ल्याएको एउटा संस्था हो । हामीले नै सम्मान दिनुपर्ने हो, हामीले नै ल्याएको संस्थालाई आरोपित गरिरहनु चाहिँ सारमा भन्ने हो भने गणतन्त्र प्रतिको वितिष्णा हो ? होइन भने सत्य तथ्य नै पस्किदिनु राम्रो हुन्छ ।’

२०७३ साउन १३ गते रक्षा मन्त्रालयले ८ अर्ब ५६ करोडमा ४ वटा हेलिकप्टर किन्न अनुमति दिएको जानकारी दिँदै मन्त्री बास्कोटाले त्यसमध्ये अहिले आएको हेलिकप्टर एफए/इएएसए क्लियरेन्स भएको उल्लेख गरे । उक्त मिडियम भीभीआईपी हेलिकप्टर तत्कालीन मन्त्रिपरिषदले ०७४ जेठ १९ गते १ करोड ४३ लाखमा खरिद गर्ने योजनालाई स्वीकार गरेको उनले बताए ।

उक्त हेलिकप्टर विपद व्यस्थापन, शान्ति सुरक्षा र विकास निमार्णको काम लागि प्रयोग हुने र गृह मन्त्रालयको लिखित सहमति बिना सञ्चालन नहुने उनले बताए । सञ्चारमन्त्री बास्कोटाले स्रोतमा पूर्ण भर नपर्न समेत पत्रकारहरुलाई सुझाव दिए ।

‘सिण्डिकेड रोक्न कानुनी झमेला छ’

मन्त्री बास्कोटाले यातायात क्षेत्रको सिण्डकेट अन्त्यका लागि केही कानुनी जटिलता रहेको उल्लेख गरे । ‘यातायात क्षेत्रमा सिण्डिकेड रोक्न कानुनी झमेला छ । आवश्यक कानुनहरु बनेपछि यो आफैं सल्टिएर जान्छ’ मन्त्री बास्कोटाले भने ।

यो पनि पढ्नुहोस सरकारले भन्यो : कर्मचारी आन्दोलनको कुनै अर्थ छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment