Comments Add Comment

कैंची चलाउने सम्पादक र स्तम्भकारको ठट्टाः रातो झोला खै ? खुइलियो !

७ पुस, पोखरा । ‘तपाईंको रातो झोला खोइ ?’ प्रश्नसँगै कार्यक्रमस्थल रोमाञ्चक बन्यो, हाँसो गुञ्जियो । ‘मेरो पहिचानका ३ बुँदा छन् । निख्खर सेतो कपाल, ढ्याके चस्मा र झोला । त्यो रातो झोला म जस्तै खुइलियो,’ जवाफसँगै फेरि हाँसो थपियो । सम्पादक नारायण वाग्लेले प्रश्न र काँधको बाँयापट्टी रातो झोला झुन्डाइहिँड्ने खगेन्द्र संग्रौलाको जवाफ थियो ।

साँझ पर्दै थियो, चिसो बढ्दै थियो तर, फेवाताल किनार भने रोमाञ्चक बन्यो । लिटरेचर फेस्टिभलको पहिलो दिनको अन्तिमतिरको सत्रमा सम्पादक वाग्ले र स्तम्भकार संग्रौलाले आत्मलोचनासँगै ठट्यौलीपारामा गम्भीर विषयमाथि कुराकानी गर्दा माहोर रोचक बनेको थियो । दुई लेखक-स्तम्भकारले एक अर्काको प्रसंशा मात्रै गरेनन्, एकअर्काको कमजोरी पनि खोतले । उनीहरुले छापा माध्यमका लेखन र भागाई सुनाए । एक अर्काले मजाले मन माझे, आत्मलोचना गरे ।

कैंची चलाउने सम्पादक र आलोचनात्मक स्तम्भ लेख्ने स्तम्भकारको भलाकुसारीले नेपाली छापा माध्यम, सम्पादन, प्रकाशकको भूमिका, स्तम्भकार र पाठकसम्म बुझाउने काम गर्‍यो । एक-अर्कालाई गरेको प्रश्न र स्पष्ट जवाफले दर्शकको मन जिते ।

कान्तिपुर दैनिकमा तीन सम्पादकसँग काम गरेका संग्रौलाले स्तम्भ नछाप्नेदेखि आफ्नो हिसाबले काँटछाँट गरेको भन्दै व्यंग्य गरे । सम्पादक वाग्लेले कुन-कुन परिस्थितिमा स्तम्भमा कैंची लाग्यो भन्ने सुनाए । सम्पादकको धर्म र स्तम्भकारदेखि फेसबुक, टि्वटरसम्मका प्रभावमाथि उनीहरु गफिए ।

शालिन र शान्त स्वभावका देखिने संग्रौला स्तम्भ चाहिँ निकै कडा लेख्छन् । यही कुरा कोट्याउँदै वाग्लेले प्रश्न गरे, ‘खगेन्ऽ दाइ मान्छे निकै शालिन, शान्त स्वभावको हुनुहुन्छ तर, लेख्ने बेलामा अर्कै खगेन्द्र कसरी बन्नुहुन्छ ?’

संग्रौलाको उत्तरले सत्रलाई रसिलो बनायो । हरेक मान्छेका जीवनमा विरोधाभास हुने संग्रौलाले सुनाए । ‘हरेक व्यक्तिका विभिन्न रुपहरु हुन्छन् र यी मेरा दुई रुप हुन् । बाँकी साहित्य लेखिरहेको बेलामा लालित्यपूर्ण भाषा प्रयोग गर्छु, विम्ब प्रयोग गर्छु, रुपक प्रयोग गर्छु, प्रतिक प्रयोग गर्छु,’ संग्रौलाले भने ।

आलोचनात्मक लेख लेख्ने संग्रौलाको आलोचना गर्ने पनि प्रशस्त छ । स्वार्थ विभाजन भएको समाजमा समर्थन र विरोध दुवै हुने संग्रौलाको भनाइ थियो । ‘समाजमा अन्याय देखेपछि वा आफुले काँधमा बोकेर सत्तामा मान्छे-मान्छे जस्तो चढाइयो, चढेपछि सुँगुरजस्तो देखियो,’ संग्रौलाले भने, ‘त्यो भएपछि मेरो मनमा यस्तो आक्रोश र आवेग उत्पन्न हुन्छ ।’

कुनै पनि आर्टिकल नछापी रोक्नुपर्दा सम्पादकलाई चोट पर्ने वाग्लेले सुनाए । स्तम्भ सम्पादन गर्नु पर्ने, रोक्नु पर्ने अवस्था मिडियाको पोलिसी र परिस्थितिले पैदा गर्ने वाग्लेको भनाइ थियो ।

रोमाञ्चक साहित्य उत्सव

फोखराको फेवा किनारमा शनिबारदेखि सुरु लिटरेचन फेस्टिभल वौद्धिक बहस गर्ने थलो बनेको छ । फेस्टिभलमा देश-विदेशका लेखक, पत्रकार, राजनीतिकदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा छलफल गरिरहेका छन् । बुकवर्म फाउन्डेसनले गरेको यो फिस्टभलमा १० गतेसम्म यस्तै समाजका विविध क्षेत्रमा बहस हुनेछ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ नाम दिएर गरिएको फेस्टिभलमा शनिबार विभिन्न बहस तथा छलफल भए ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले कार्यक्रम उद्घाटन गरेका थिए ।

साहित्यकार सरुभक्तले उनको सादगी जीवनबारे चर्चा गरे । केरलामा जन्मिएका जोनले नेपाली शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लिटरेचर फेस्टिभल पोखराको अर्को ब्रान्डका रुपमा चर्चा गरे ।

फेस्टिभलमा विद्वत प्रवचन दिएकी थिइन्, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले । कार्कीले ‘अन्यायमा महिला’ विषयमा गम्भीर विषयको उठान गरिन् । कसरी बलात्कारका घटना भइरहेका छन्, घटनाबाट कसरी दोषी उम्किरहेको छ भन्ने उठानमात्रै कार्कीले गरिनन्, न्याय क्षेत्रका समस्या पनि बताइन् । सही न्यायाधीश भएको अवस्थामा मात्र पीडित महिलाले न्याय पाउने उनको भनाइ छ ।

पत्रकार एवम् लेखक हरिबहादुर थापाले पूर्वप्रधानन्यायाधीश कार्कीको व्यक्तित्व र उनले न्याय क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरे । फेस्टिभल मन परेका लेखक भेट्ने, उनका कुरा सुन्ने गतिलो थलो बनेको छ ।

मनीषाकी आमाले बनाइन् भावुक

फेस्टिभलको अर्को आकर्षण थियो, बलिउड अभिनेत्री मनिषा कोइरालाको किताब ‘हिल्ड’ सार्वजनिक । किताब सार्वजनिकपछि मनिषाकी आमा सुष्मा कोइरालाले महोल भावुक बनाइन् । ‘मेरो नाती जन्माइसक्यौं हौला भनेर लन्डनबाट वीपीले चिठी लेख्नुभयो । मैले चिठी फर्काएँ, बाबा मैले त छोरी पाएँ,’ सुष्माले भनिन्, ‘यिनी कोइराला परिवारका लागि गर्व हो ।’

सानै छँदा मनीषाले गीत गाउँदा परिवार र बाहिरका व्यक्तिले पनि गायिका बन्छिन् भन्ने गरेको उनले सुनाइन् । ‘छोरी सानी थिई, मामा ए, मामा ए भन्ने हिन्दी गीत गाउँदा ठूलो गायिका हुन्छिन् भन्थे,’ सुष्माले भनिन्, ‘आज सफल एक्टर बनेकी छिन् । क्यान्सरलाई जितेकी छन् । मलाई गर्व छ ।’

मानीषालाई आफूलाई धेरै फेलिएर अवस्थामा पनि देखिएको बताइन् । मनीषा एकोहोरी तर निरन्तर मिहिनेत गर्न सक्ने उनले बताइन् ।

कोइराला परिवारका धेरै डाक्टर भएकाले मनीषा पनि डाक्टर बन्छिन् भन्ने आफूलाई पनि लागेको सुष्माले सुनाइन् । मनिषा जन्मिँदा परिवारको अनुहारसमेत अँध्यारो बनेको ती दिन सम्भिmँदै क्यान्सरजस्तो रोगलाई जितेर आएकी अभिनेत्री छोरी पाउँदा गौरवान्विन भएको सुष्माले सुनाइन् ।

त्यसपछि नायक राजेश हमालले उनको जीवनबारे खोतले । कस्तो साहस र आत्मविश्वासले उनले क्यान्सरजस्तो गम्भीर रोगलाई जितिन् ? भन्ने कुरामात्रै मनीषाले सुनाइनन्, पुस्तक लेखनको गर्भ बताइन् ।

फेस्टिभलमा अर्को सत्र दुई साहित्यकारका कृतिमाथि चर्चा भयो । मन्जुश्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले इन्द्रबहादुर राईको ‘अझै रमिता छ’ किताबमाथि कुराकानी गरे । सरुभक्तलिखित उपन्यास पागलबस्तिको वरिपरि रहेर गनेस पौडेल, तीर्थ गुरुङ र सरुभक्तले कुराकानी गरे । ‘पागल बस्तीपछिको पोखरेली आख्यान’ नाम दिएर गरिएको छलफलमा पोखरामा राम्रा उपन्यासको जन्म भइरहेको उनीहरुले बताए ।

अर्को सत्रमा निकाला स्ट्रिनसँग कञ्चन बुढाथोकीले ‘द आर्ट अफ दि ग्राफिक मेम्वायर’ बारे संवाद गरिन् । साथै सोही समयमा ‘अन्सर्टेन जर्निज’ बुक विमोचन भएको थियो । पुस्तक विमोचनसँगै एज पनिरसल्भान, जनकराज सापकोटा र सबि्रना तोप्पासँग रम्यता लिम्बूले संवाद गरिन् । लेखक मोहम्मद हनिफको पुस्तक ‘रेड बड्र्स’का विषयमा कुन्द दीक्षितले कुराकानी गरे ।

गम्भीर बहस र छलफल हुँदै फेस्टिभल ‘ठाडै ठट्टा’बाट सकिएको थियो । ‘ठाडै ठट्टा’ सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले प्रस्तुति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment