Comments Add Comment

प्रदिप खड्कामाथि करोडौ लगानी

निर्माता सुवास गिरीले चलचित्र ‘कृ’ रिलिज अगावै नायक प्रदिप खड्कालाई बोलाएर ५ लाख संझौता रकम दिएर ‘भैरवी’ नामक चलचित्रका लागि संझौता गरे । सुवासले प्रदिपलाई यो चलचित्रमा संझौता गरेपनि अब यो चलचित्र बन्ने– नबन्ने टुंगो छैन ।

दिनेश राउतले निर्देशन गर्ने भनिएको यो चलचित्र प्रदिपको काम गर्ने सेड्यूल हेर्दा बन्छ भन्ने देखिएको छैन । केहि समय अगाडि निर्देशक राउतले प्रदिप हतारिएको बताएका थिए । अब, उनै प्रदिप अभिनित चलचित्र ‘लभ स्टेशन’ रिलिजको लागि तयार छ । तर, चलचित्रको लागि गतिलो प्रदर्शन मिति यसका निर्माताले पाएका छैनन् ।

तर, नायक प्रदिप खड्कामाथि करोडौ लगानी गर्न एकपछि अर्का निर्देशक तम्सिएका छन् । निर्देशक हेमराज वीसीले नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर करिब ३ करोड बजेटमा चलचित्र बनाउँदैछन् । यो चलचित्रको छायांकन वैशाखबाट सुरु हुँदैछ ।

अब, यो चलचित्रपछि निर्देशक रामबाबु गुरुङ पनि चलचित्र बनाउन तयार छन् । उनीसँग काम गर्ने कुरामा पनि प्रदिप पक्का छन् । यसपछि, प्रदिप आफूलाई स्टार बनाएको चलचित्र ‘प्रेमगीत’को तेश्रो सिक्वेलमा काम गर्दैछन् । छेतन गुरुङले यो चलचित्रको कथा र निर्देशनको जिम्मा सम्हालेका छन् । ४ चलचित्र त प्रदिपको यसै पनि पाइपलाइनमा देखिएको छ । अब, निर्देशक सुरेन्द्र पौडेलले पनि प्रदिपलाई आफ्नो चलचित्रका लागि अफर गरेका छन् । प्रदिप सुरेन्द्रको चलचित्र पनि गर्ने मुडमा देखिएका छन् । अष्ट्रेलियामा रहेका उनी नेपाल आएर यो चलचित्रको बिषयमा कुरा अगाडि बढाउने तयारीमा छन् । सुरेन्द्रले नायक अनमोल केसीलाई लिएर चलचित्र ‘कृ’ बनाएका थिए ।

यसरी हेर्दा नायक प्रदिप खड्कमाथि १० करोड रुपैयाँको हारहारीमा लगानी हुने देखिएको छ । १० करोडको भार प्रदिपले उठाउने तयारी गरेका छन् । यी सबै चलचित्रमा ‘हुन्छ’ भनेर प्रदिपले आफूलाई सुरक्षित बनाउन खोजेका हुन् या उनी हतार गर्दैछन्, समयले नै बताउनेछ । तर, प्रदिप खड्का चलचित्र क्षेत्रमा नाम चलेका सबै निर्देशकलाई उम्कन नदिने दाउमा लागेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment