Comments Add Comment

अस्ट्रेलियाको टिममा ७ वर्षे लेग स्पिनर

काठमाडौं । अस्ट्रेलियासँगको टेस्ट सिरिजको आगामी खेलका लागि भारतले हार्दिक पाण्डेय र मयङ्क अग्रवाललाई टिममा सामेल गरेको छ । तर, धेरै चर्चामा छन् अस्टे«लियाली टिमका नयाँ सदस्य ।

२६ डिसेम्बरमा सुरु हुने तेस्रो टेष्टका लागि अस्ट्रेलियाले १५ सदस्यीय टिममा एक लेग स्पिनरलाई समावेश गरेको छ, जसको उमेर ७ वर्ष मात्र छ ।

७ वर्षका आर्ची शिलर टेस्ट म्याचमा अस्टे«लियन टिमको उपकप्तान हुने छन् । अस्ट्रेलियाका कप्तान टिम पेनले शनिबार आर्चीको सातौं जन्मदिनमा उनलाई उपकप्तान घोषणा गरेका हुन् । उनले एडिलेड टेष्टका क्रममा अस्ट्रेलियाली टिमसँग अभ्यास पनि गरे ।

बहादुर आर्ची

‘मेक अ विश अस्ट्रेलिया’ अभियानका कारण आर्ची टिममा पर्न सफल भएका हुन् । यसमा मुस्लिक अवस्थाको सामना गरिरहेका बच्चाको इच्छा पूरा गर्ने प्रयास गरिनेछ ।

आर्चीले पनि सात वर्षको उमेरमा नै धेरै मुस्लिकको सामना गरेका छन् । तीन महिना हुँदा नै उनको मुटुको विमारी थाहा भयो । उनलाई दक्षिण अस्ट्रेलियाको न्यूरिउट्पाबाट मेलबर्न ल्याइयो, जहाँ उनको सर्जरी भएको थियो । जुन सर्जरी ६ घन्टाभन्दा बढी चलेको थियो ।

६ महिनापछि आर्चीको मुटुमा फेरि भल्भ र धड्कनसँग जोडिएको समस्या आयो । पछिल्लो डिसेम्बरमा फेरि उनको स्वास्थ्यमा समस्या आयो र तेस्रो पटक उनको ओपन हार्ट सर्जरी भयो ।

परिवारलाई कतै उनलाई गुमाउनुपर्ने त होइन भन्ने डर छ । क्रिकेट अस्ट्रेलियाको वेबसाइटअनुसार आर्चीकी आमा सारले भनेकी छन्, हामीलाई जे पनि हुनसक्छ भनिएको थियो ।’

२०१८ को क्रिसमसले आर्चीका लागि खुसी दिएको छ । अस्ट्रेलियाका कप्तान पेन भन्छन्, ‘आर्ची र उनको परिवारले निकै कठीन घडीको सामना गरेका छन् । उनका पिताले सोधे कि तिमी के गर्न चाहन्छौं, उनले भने, ‘अस्ट्रेलियाको कप्तान बन्न चाहन्छु ।’ यस्तो व्यक्तिलाई साथ दिनु हाम्रो टिमका लागि निकै प्रेरणादायक छ । बक्सिङ डेमा उनलाई ल्याउन हामी उत्साहित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment