Comments Add Comment

डीएभी विद्यालयको २६औं वार्षिकोत्सव सम्पन्न

१० पुस, काठमाडौं । ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयको २६औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम र वाषिर्क पुरस्कार वितरण रहेका थिए ।

कार्यव|mमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै नेपालस्थित भारतीय राजदुतावासका, डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले शुभकामना दिएका थिए । उनले नेपालका लागि भारतका राजदूत मंजिव सिहं पुरीको बधाइ तथा शुभकामना पढेर सुनाएका थिए ।

सोही अवसरमा उनले डिएभी विद्यालय विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले नेपालकै शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको बताएका थिए ।

नेपाल-भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले डिएभि विद्यालयका संस्थापक स्व. शङ्करलाल केडियाले शिक्षा क्षेत्रमा पुर्‍याएको अतुलनिय योगदानको स्मरण गर्दै नेपालमा संस्कारमा आधारित शिक्षाको बिजारोपण गर्ने एक शिखर पुरुषको संज्ञा दिए ।

सोहि अवसरमा उहाँले डीएभि विद्यालयको अन्तर्राष्ट्रिय गतिविधि र संलग्नता बारे पनि प्रकाश पारेका थिए ।  त्यसैगरी अर्का अथिति नेपाल एसबिआई बैंकका प्रमुख आर्थिक अधिकृत पि्रया रञ्जनले कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक नाचगानले विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापकको कडा परिश्रम उजागर गरेको बताएका थिए ।

त्यस्तै उनले पुरस्कार बिजेता विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिदै डिएभि विद्यालयको निरन्तर प्रगतिको कामना गरे ।  कार्यव|mममा एक सय बयासी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

शैक्षिक उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक पुरस्कार, स्कोलास्टिक तथा को-स्कोलास्टिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई वेस्ट पोर्टफोलियो अर्वाड र रिड टु दी पि्रन्सिपलका बिजेताहरुलाई रिड टु दी पि्रन्सिपल अर्वाड मार्फत सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यव|mमका आर्कषणको रूपमा नेपाली आधुनिक नृत्य, फिलिपिनो नृत्य, राजस्थानी नृत्य, हलिउड फ्रिस्टाइल नृत्य, अकबर र बिरबलको कथाको छोटो अभिनय, क्लासिकल नृत्य, ‘भोजपुरी-हिन्दी र संस्कृत गित र नयाँ वर्ष तथा क्रिस मसको विषयवस्तु समेटिएको अङ्ग्रेजी नृत्य रहेका थिए ।

कार्यक्रमको प्रमुख अथिति, अभिभावक, शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्दे विद्यालयका अध्यक्ष श्री अनिल केडियाले वाषिर्क पुरुस्कार बिजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सोही क्रममा उनले विकासको उचाइमा पुग्न सफल देशहरुले अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको बताए । डिएभी विद्यालय एक कदम अगाडि बढ्दै विपासना र विभिन्न प्रकारका ध्यानका कक्षाहरुसमेत सञ्चालन गरिरहेको बताए ।

वाषिर्क कार्यक्रमको योजना र रुपरेखा विद्यालयकी प्रार्चाय भुवनेश्वरी रावद्धारा तय भएको हो । वाषिर्कोत्सव कार्यक्रमका उद्घोषण हेड बोए प्रसुन थापा र हेड गर्ल थिन्ले पाल्मो भुटियाले गरेका थिए ।

प्रमुख अथितिहरु र अभिभावकको स्वागत तथा सत्कारको लागि विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरु उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment